बाग्लुङ – एक दशक अगाडिसम्म बाग्लुङका धेरैजसो ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच थिएन । बिजुलीको पहुँच नहुँदा स्थानीयवासीले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्तीमा बिजुलीको पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ ।
गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरप...