काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा बढी प्रतिफल प्राप्त हुने काममा लगाउन सुझाव दिएका छन्।आइतवार सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण गर्दै कोषको रकम हिताधिकारीहरूलाई थप आर्थिक तथा सामाजिक सुरक्षा उपलब्ध हुने योजना तथा कार्यक्रममा लगानी गर्नुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो। कोष स्थापनापछि हालसम्म १० लाखभन्दा बढी लाभान्वित भएको थाहा पाउँदा खुशी लागेको बताउँदै उपप्रधानमन्त्री खड्काले कोषलाई नेपाली सैनिक तथा आश