लक्ष्यअनुसार खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा साढे दुई खर्ब रकम जम्मा

काठमाडौं । लक्ष्यअनुसार खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा साढे दुई खर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । विभिन्न देश तथा दातृ निकायहरुबाट प्राप्ति नियमित भइरहे पनि खर्च हुन नसक्दा सरकारी ढुकुटीमा रकम थुप्रिन थालेको हो । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भइरहेका बेला सरकारी ढुकुटीमा रकम बढ्दै गएको हो । नेपाल राष्ट्र बैंक र महालेखा […]

सम्बन्धित सामग्री

पूँजीगत खर्चभन्दा सामाजिक सुरक्षा खर्च बढी: पूँजीगत खर्च नहुनु ठूलो समस्या

आधुनिक जमानामा अन्य कुराका साथै सामाजिक सुरक्षा भत्ता आफ्ना नागरिकलाई प्रदान गर्ने कार्य सरकारको प्रमुख र प्राथमिक दायित्व हो । आफ्ना नागरिकको आर्थिक सुरक्षाका लागि विश्वभरका सरकार सचेत र पारदर्शी हुन्छन् । त्यसैकारणले विश्वभरका सरकारले आ–आफ्नो वार्षिक बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि निश्चित रकम छुट्ट्याएका हुन्छन् जुन लक्षित वर्ग वा समूहका मानिसलाई वितरण गर्ने गरिन्छ । तर, बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि छुट्याइएको रकम एकनास हुँदैन, कसैको बढी हुन्छ भने कसैको कम । बजेटमा छुट्ट्याइने रकमको मात्रा भत्ता पाउने नागरिकको संख्या र उनीहरूले प्राप्त गर्ने रकमको मात्राले निर्धारण गर्छ । त्यसैले विश्वभर सामाजिक सुरक्षा भत्ता पाउने जनसंख्याको भाग र बजेटमा छुट्ट्याइने रकम सरकारैपिच्छे फरक पर्छ ।  पूँजीगत खर्च घट्दो दरमा रहनु र सामाजिक सुरक्षा खर्च बढ्दो दरमा रहनुले आशंका उत्पन्न हुन्छ कि सामाजिक सुरक्षा खर्चका लागि पूँजीगत खर्च त्यसतर्फ रकमान्तर गरिएको त होइन ?  यूरोपमा सबैभन्दा बढी करीब कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत सामाजिक सुरक्षा भत्ताका लागि रकम छुट्ट्याइन्छ । त्यस्तै गरेर कुल गार्हस्थ्य उत्पादनको २१ प्रतिशत, १६ दशमलव ६ प्रतिशत, ७ प्रतिशत र ४ दशमलव ३ प्रतिशतका दरले क्रमश: ओईसीडी मुलुकहरू, उत्तर अमेरिका, एशिया प्यासिफिक र अफ्रिकामा सामाजिक सुरक्षा भत्ताका लागि खर्च गरिन्छ । सबसहारन अफ्रिका र दक्षिण एशियामा कुल जनसंख्याको ५ देखि १० प्रतिशत, मध्यम आमदानीको समूहमा रहेका मुलुकको समूहले २० देखि ६० प्रतिशत जनसंख्याको अंशलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्छन् । विकसित देशहरूले सामाजिक सुरक्षाभित्र सबै जनसंख्यालाई समेटेका हुन्छन् । एशिया प्यासिफिकमा कुल जनसंख्याको करीब ४४ दशमलव १ प्रतिशत मानिसलाई सामाजिक सुरक्षामा समावेश गरिएको छ ।  सामाजिक सुरक्षा भत्ता पाउने नेपालका नागरिकको संख्याको तुलनामा यसका छिमेकी मुलुकका नागरिकको संख्या धेरै बढी छ । चीनमा कुल जनसंख्याको ९५ प्रतिशतले स्वास्थ्य सुविधा प्राप्त गरिरहेका छन् । भारत र बंगलादेशमा कुल जनसंख्याको क्रमश: २४ दशमलव ४ र २८ दशमलव ४ प्रतिशत मानिसले सामाजिक सुरक्षा भत्ता पाएका छन् । नेपालको कुल जनसंख्याको १७ प्रतिशत मानिसले विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । यसबाट के निचोड निकाल्न सकिन्छ भने सामाजिक सुरक्षा भत्ता आफ्ना नागरिकलाई प्रदान गर्ने सन्दर्भमा नेपाल छिमेकी मुलुकहरूको तुलनामा निकै कमजोर छ ।  यहाँ यो कुरा उल्लेखनीय छ कि सरकारको सामाजिक सुरक्षा भत्ता खर्च पूँजीगत खर्चभन्दा बढी हुन लागिरहेको छ । सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या अरू छिमेकी मुलुकहरूको तुलनामा नगण्य मात्रामा रहेको देखिन्छ । तर, सामाजिक सुरक्षा भत्ताको खर्चको ढाँचा भने बढ्दो छ । सामाजिक सुरक्षा भत्ता खर्चको विगत २ वर्षको खर्चको ढाँचाले के देखाउँछ भने पूँजीगत खर्चको तुलनामा सामाजिक सुरक्षा खर्च बढी छ । आर्थिक वर्ष (आव) २०२१/२२ र आव २०२२/२३ मा सामाजिक सुरक्षा भत्ता खर्चभन्दा पूँजीगत खर्च कम रहेको छ । आव २०२१–२२ मा सामाजिक सुरक्षा भत्ता खर्च २५२ अर्ब रुपैयाँ भएको छ । तर, पूँजीगत खर्च भने २१६ अर्ब रुपैैयाँमा खुम्चिन पुगेको छ जुन सामाजिक सुरक्षा भत्ता खर्चभन्दा ३६ अर्ब रुपैयाँले कम छ । त्यस्तैगरेर, आव २०२२–२३ मा पूँजीगत खर्च २३४ अर्ब रुपैयाँ छ । सामाजिक सुरक्षा भत्ता खर्च भने २५३ अर्ब रुपैयाँ भएको छ । अर्थात् सामाजिक सुरक्षा भत्ता खर्च पूँजीगत खर्चभन्दा १९ अर्बले बढी छ । त्यस्तैगरेर विगत ८ महीनाको खर्चको ढाँचा अवलोकनले के संकेत गर्छ भने चालू आवमा पनि पूँजीगत खर्चभन्दा सामाजिक सुरक्षा भत्ता खर्च बढी हुने निश्चितप्राय: देखिन्छ । सन् २०२४ को फेब्रुअरी महीनाको अन्त्यसम्ममा कुल पूँजीगत बजेटको केवल २३ दशमलव ६ प्रतिशत मात्र खर्च हुन सकेको छ । जबकि सोही अवधिमा सामाजिक सुरक्षा खर्च अगाडि रहेको छ । चीनमा कुल जनसंख्याको ९५ प्रतिशतले स्वास्थ्य सुविधा प्राप्त गरिरहेका छन् । भारत र बंगलादेशमा कुल जनसंख्याको क्रमश: २४ दशमलव ४ र २८ दशमलव ४ प्रतिशत मानिसले सामाजिक सुरक्षा भत्ता पाएका छन् । तर, नेपालमा १७ प्रतिशतले मात्र सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । सामाजिक सुरक्षा र पूँजीगत दुवै खर्च बढाउन पर्छ जसले नेपाललाई मध्यम आम्दानी भएका देशहरूको समूहमा समाहित गराउन मद्दत पर्छ । तर, विकास र समृद्धिले गति लिन नसक्दा यो लक्ष्य नारामा मात्र सीमित रहेको छ । यदि नेपालले आफूलाई मध्यम आम्दानी भएका देशहरूको समूहमा पुर्‍याउने हो भने सामाजिक सुरक्षा खर्चभन्दा पूँजीगत खर्च बढी बनाउन जरुरी छ । अन्यथा खोक्रो चिच्याहट हुने कुरामा शंका छैन । व्यापक रूपमा देश विकासमा लगानी गर्न पूँजीगत खर्चले मदत गर्छ । देशमा लगानी बढ्दा उच्च आर्थिक वृद्धिदर प्राप्त हुन्छ । उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ । व्यापक रोजगारी सृजना हुन्छ । अर्थात् युवायुवतीको ठूलो संख्याले नेपालभित्र नै रोजगार प्राप्त गर्न सक्छन् । यसले देशलाई आर्थिक क्षेत्रमा व्यापक सुधार गराउन मदत गर्छ र अग्रगतिको मार्गमा डोर्‍याउँछ । दिगो विकास हुन्छ र नेपाललाई समृद्धिको मार्गमा हिँडाउन मदत गर्छ । यसको ठीक विपरीत, सामाजिक सुरक्षा खर्चले उपभोग बढाउँछ जसले पूँजी निर्माणमा खासै मदत गर्दैन । लक्षित वर्ग जस्तै विपन्न, गरीब, अपांग, एकल महिला, वृद्ध, कुपोषित बालबालिका आदिको उपभोग बढाउन सहयोग गर्छ । आधुनिक समयमा राज्यले कल्याणकारी कार्यका साथै विकास कार्य गर्न जरुरी हुन्छ । यी दुवै कार्य सरकारको दायित्वभित्र पर्छ । त्यसैले विनाहिचकिचाहट गर्न पनि पर्छ । सरकारले यदि कल्याणकारी भूमिकाका साथै पूँजी निर्माण गरी देशलाई अग्रगति दिने हो भने उपलब्ध स्रोतसाधनको विवेकशील ढंगले परिचालन गर्नुपर्छ ।  पूँजीगत खर्चको महत्त्व यसकारणले छ कि यसले अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउँछ । दक्ष, अर्धदक्ष र विपन्न वर्गका मानिसका लागि रोजगारीको सृजना गर्छ । यसको यसप्रकारको अहम् भूमिका हुँदाहुँदै पनि प्रत्येक आवमा यो शीर्षकमा विनियोजित रकम पूर्णरूपले खर्च हुन सकेको छैन । यसको ज्वलन्त उदाहरण हो कि गाउँ र शहरका अधिकांश सडक धूले र हिलाम्मे छन् । काठमाडौं उपत्यकामा इँटाभट्टाबाहेक वायुप्रदूषणका लागि अन्य उद्योग तथा कलकारखाना सञ्चालनमा छैनन् । तर, यो उपत्यका विश्वको अति प्रदूषित क्षेत्रमा पर्छ । यसको मुख्यकारण साँघुरो धूले सडकमा विनारोकतोक सवारीसाधन अनियन्त्रित तवरले गुड्नु हो । यिनीहरूले उडाएको धूलो हावामा सम्मिश्रण हुन्छ र त्यसले वायुप्रदूषण गराउँछ । सडकलाई कालोपत्रे बनाई स्तरयुक्त बनाउन पूँजीगत खर्चको मुख्य भूमिका हुन्छ । तर, माथिका हरफहरूमा उल्लेख भएअनुसार सामाजिक सुरक्षा खर्चको तुलनामा पूँजीगत खर्च वर्षेनि कम हुँदै गइरहेको छ ।  सामाजिक सुरक्षा भत्ता प्रदान गर्नु सरकारको दायित्व हो । तर, सामाजिक सुरक्षा खर्च पूँजीगत खर्चको पर्यायवाची वा प्रतिस्थापित शब्द भने होइन । त्यसकारणले भन्न सकिन्छ, सरकारी खर्चको बाँडफाँट जुन उद्देश्यका लागि विनियोजन गरिन्छ त्यही उद्देश्यमा खर्च हुन आवश्यक हुन्छ । यसका लागि वित्तीय अनुशासन कडारूपले पालना गर्न सक्नुपर्छ । पूँजीगत शीर्षकको रकम सामाजिक सुरक्षा खर्चका लागि रकमान्तर हुन भएन । तर, यसको ठीक विपरीत एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्ने प्रचलन रहँदै आएको छ । पूँजीगत खर्च घट्दो दरमा रहनु र सामाजिक सुरक्षा खर्च बढ्दो दरमा रहनुले आशंका उत्पन्न हुन्छ कि सामाजिक सुरक्षा खर्चका लागि पूँजीगत खर्चको रकम त्यसतर्फ रकमान्तर गरिएको त होइन ?  लेखक अर्थशास्त्री हुन् ।

नौमुरे जलविद्युत् आयाेजनाकाे ८२ प्रतिशत रकम 'फ्रिज'

अर्घाखाँची – लुम्बिनी प्रदेशका पाँच वटा जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम हुन नसक्दा झन्डै ८२ प्रतिशत रकम 'फ्रिज' भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा रहेको  आयोजनाले गएकाे आर्थिक वर्ष २०७९/८० मा बजेटको १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । चालु र पुँजीगत गरेर छ करोड ७९ लाख ५३ हजार रुपैयाँ विनियोजन भएकाेमा जम्मा एक करोड १८ लाख ७६ हजार रुपैयाँ खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताउनुभयो । ...

छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्य बीमा बापतको ५० प्रतिशत रकम तिरिदिने

छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बीमा गरिदिने भएको छ । स्वास्थ्य बीमाको लागि रकम तिर्न नसक्दा उपचारमा लाखौं खर्च गर्न परेको र बीमा नगरेका कारण कतिपयले मृत्युबरण समेत गर्नु परेको स्थिति रोक्न पालिकाले आधा  मै बीमा गरिदिन लागेको हो । नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिँदै आएको छ । गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बीमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्ब

गाउँपालिकाले स्वास्थ्य बिमा बापतको ५० प्रतिशत रकम तिरिदिने

तेह्रथुम- छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बिमा गरिदिने भएको छ । स्वास्थ्य बिमाकाे लागि रकम तिर्न नसक्दा उपचारमा लाखौँ खर्च गर्न परेको र बिमा नगरेका कारण कतिपयले मृत्युवरण समेत गर्नु परेको स्थिति रोक्न पालिकाले आधा मै बिमा गरिदिन लागेको हो । नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक […]

रोकिएन असारे खर्च : रुपन्देहीबाट ५ अर्ब फ्रिज, ४६ प्रतिशत मात्रै पुँजीगत खर्च

भैरहवा- विकासमा बामे सर्दै गरेको रुपन्देहीमा आर्थिक वर्ष २०७८/०७९ मा झन्डै ५ अर्ब बजेट फ्रिज भएको छ ।  समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ४ अर्ब ९७ करोड ५० लाख  ७१ हजार रुपैयाँ खर्च नभएर फ्रिज भएको हो । चालुतर्फ उल्लेख्य खर्च गरेको कार्यालयहरूले पुँजीगततर्फ भने आधा रकम पनि खर्च गरेका छैनन् । […]

राज्यको ढुकुटीको रकम खर्च गर्न नसक्दा आर्थिक संकट आयो : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राज्यको ढुकुटीमा रहेको रकम खर्च गर्न नसक्दा देशको अर्थव्यवस्था संकटमा परेको बताएका छन् । अहिले देशको अर्थतन्त्रमा गम्भीर समस्यामा आइपरेकोले समयमै समाधान नखोजिए मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने संभावना औंल्याए ।नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई बुधबार जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष गोल्छाले कोरोना महामारीले […]

खर्च नहुँदा सरकारी ढुकुटीमा साढे दुई खर्ब थुप्रियो

सरकारले लक्ष्यअनुसार खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा साढे दुई खर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएको छ । प्राप्ति नियमित भइरहे पनि खर्च हुन नसक्दा सरकारी ढुकुटीमा रकम थुप्रिन थालेको हो ।  वित्तीय प्रणालीमा...

पुँजीगत खर्च गर्न नसक्नुका समस्या

आर्थिक वर्ष सकिन केही दिनमात्र बाँकी रहँदा यस वर्ष पनि जम्मा ४७ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको छ । नेपालमा पुँजीगत बजेट खर्च गर्न नसक्नु विगतदेखिकै एउटा ठूलो समस्या हो । त्यो समस्या अहिले एउटा संस्कारको रूपमा विकसित भइरहेको छ । पुँजी निर्माणको आधार मानिने पुँजीगत रकम समयमा खर्च गर्न नसक्दा आयोजनाहरू लम्बिने तथा […]

सीएसआरको रकम स्थानीय तहमा खर्च

नीति आएको पाँच वर्षसम्म पनि बनेन खर्च कार्यविधि उद्योग–व्यवसायबाट जम्मा हुने नाफाको एक प्रतिशत व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम एकद्वार नीतिबाट खर्च हुन सकेको छैन । सरकारले औद्योगिक व्यवसाय ऐन २०७३ मार्फत सीएसआरको रकम अनिवार्य छुट्याउनुपर्ने व्यवस्था गरे पनि हालसम्म पनि कार्यविधि बन्न नसक्दा यो रकम एकद्वार पद्धतिबाट खर्च हुन नसकेको हो । तर, […]