यो साता करीब ११ अर्बले घट्यो शेयर कारोबार : लगानीकर्ताको सम्पत्तिको मूल्य २० अर्ब कम

असार २६, काठमाडौं । यो साता पनि शेयर बजारमा महत्वपूर्ण सबै परिसूचकहरु नकारात्मक बनेका छन् । गत साताको तुलनामा यो साता पनि नेप्से परिसूचक, कारोबार रकम र कित्तासँगै कुल बजार पूँजीकरणमा कमी आएको हो ।  गत साता स्थिर रही २ हजार ८४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साता चार कारोबार दिन निरन्तर घट्दा २ हजार ८२५ दशमलव १० विन्दुमा झरेको छ । गत साताभन्दा यो साता नेप्से परिसूचक १७ दशमलव ९० अंक तल झरेको हो । गत साताको अन्तिम कारोबार दिन १९ दशमलव १३ अंक बढेर २ हजार ८४३ विन्दुमा कायम भएको नेप्से परिसूचक साताको पहिलो कारोबार दिनदेखि चार कारोबार दिनसम्म निरन्तर घटेको छ भने अन्तिम कारोबार दिन २३ दशमलव ९७ अंकले बढेको छ ।  यो साता पहिलो कारोबार दिन ८ दशमलव ४८ अंक, दोस्रो दिन ११ दशमलव ७८ अंक, तेस्रो दिन ५ दशमलव २४ अंक र चौथो दिन १६ दशमलव ९७ अंकले घटको हो । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटेपनि ठूला कम्पनीको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने यो साता झिनो अंकले बढेको छ । गत साता ५२८ दशमलव ७१ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२९ दशमलव ६६ विन्दुमा पुगेको हो । बजारमा नकारात्मक असर पर्ने उल्लेखित कारण नभएपनि पछिल्लो समय नियामक निकायको सूचीकृत ५१ कम्पनीप्रतिको धारणा र लकडाउन खुकुलो भएसँगै अन्य व्यापार व्यवसाय सामान्य बन्दा कारोबारमा उत्साह कम देखिएको अनुमान ब्रोकरहरुले गरेका छन् । यो बीचमा कारोबार रकम घटेकाले सस्तोमा भने लगानीकर्ताहरुले शेयर बेच्न चाहेका छैनन् भने किन्ने लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरुको भनाइ छ ।  गत साताभन्दा यो साता कारोबार रकम रू. १० अर्ब ९० करोड ४४ लाख ८२ हजार कम भएको छ । गत साता रू. ३४ अर्ब १६ करोड ५६ लाख ३४ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. २३ अर्ब २६ करोड ११ लाख ५१ हजार बराबरको मात्र शेयर कारोबार भएको हो । कारोबार रकम घटेसँगै कारोबार कित्ता पनि यो साता ४ करोड ७५ लाख ४० हजार १५३ कित्ता कम कारोबार भएको छ ।  गत साता १० करोड ३३ लाख ८८ हजार ६६६ कित्ता शेयर कारोबार भएकोमा यो साता ५ करोड ५८ लाख ४८ हजार ५१३ कित्ता मात्र शेयर कारोबार भएको छ । यो साता लगानीकर्ताहरुको सम्पत्तिको मूल्य रू. १९ अर्ब ७५ करोड ६० लाख १२ हजारले घटेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३९ खर्ब ४९ अर्ब ६१ करोड ७० लाख ५६ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. ३९ खर्ब २९ अर्ब ८६ करोड १० लाख ४४ हजार कायम भएको छ । यो साता जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जलविद्युत् समूहको परिसूचक यो साता गत साताभन्दा ३ दशमलव ९५ प्रतिशत घटेको हो । गत साता २ हजार ८४० दशमलव ४१ विन्दुमा रहेको जलविद्युत् समूहको परिसूचक यो साता २ हजार ७२८ दशमलव शून्य ८ विन्दुमा झरेको छ ।  गत साताभन्दा यो साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक बढेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ५ हजार ९६४ दशमलव १० विन्दुदेखि २ दशमलव ७० प्रतिशत वृद्धि भई ६ हजार १२५ दशमलव ३८ विन्दुमा पुगेको हो । त्यस्तै यो साता व्यापारिक समूहको १ दशमलव १४ प्रतिशत, बैंकिङको शून्य दशमलव २३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशत वृद्धि भएको छ ।  यो साता जलविद्युत् समूहसँगै होटल्स तथा पर्यटन समूहको परिसूचक १ दशमलव ६६ प्रतिशत, विकास बैंकको १ दशमलव ११ प्रतिशत, वित्तको २ दशमलव ७८ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ६७ प्रतिशत, अन्यको शून्य दशमलव ५६ प्रतिशत, जीवन बीमाको १ दशमलव २२ प्रतिशत र लगानी समूहको १ दशमलव ७४ प्रतिशत परिसूचक घटेको छ । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                                                         स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :                                                                                       स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सम्बन्धित सामग्री

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य

मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार लामो समय रोक्का हुने समस्याको अन्त्य भएको हो ।हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का छ । निर्देशिका लागू भएसँगै यी कम्पनीहरूको आधारभूत शेयर कारोबार शेयरधनीबाहेकको फुकुव

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल …

इन्भेस्टमेन्ट र मेगा बैङ्कको शेयर कारोबार रोकियो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैङ्कले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैङ्कका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैङ्क […]

शेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १.३० अङ्कले बढेर ४९०.१३ मा पुगेको छ । कूल २३० कम्पनीको ५१ लाख ३९ […]

प्रभु बैंकको शेयर कारोबार रोक्का

२५ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । शेयर कारोबार समयमा नै बैंकको सञ्चालक समिति बैठक बसी लाभांश घोषणा गरिएको र यसले मूल्यमा असर परेको भन्दै नेप्सले बैंकको शेयर कारोबार रोक्का गरेको हो । प्रभु बैंकलाई स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । बैंकले शेयरधनीहरूलाई चुक्ता […]

रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि सोमबारदेखि रिडीको शेयर कारोबार रोक्का गरिएको हो। यी दुई कम्पनीले १७ कात्तिकमा एक आपसमा गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको […]

शेयर कारोबार रकममा ऐतिहासिक रेकर्ड

सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो ।जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर कारोबार रकमले सोमवार तोडेको हो । जेठ ५ गते रू. ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर किनबेच भएको थियो ।देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण लगानीका अन्य विकल्प नहुँदा अनलाइन मैत्री शेयरबजारमा लगानी बढिरहेको छ । सोमवार २१६ कम्पनीको १ लाख

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा शेयर कारोबार खुल्यो

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा बिहीवारदेखि कारोबार खुला भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो । आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल संकेतमा कारोबार हुँदै आएको थियो । आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते...