दसैँ–तिहारजस्ता महत्वपूर्ण चाड सकिएसँगै तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार पछिल्लो साता तरकारीमा प्रतिकिलो नौ रुपैयाँदेखि ५८ रुपैयाँसम्मले वृद्धि भएको छ । कात्तिक दोस्रो साता...
काठमाडौं । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १८ प्रतिशतले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा तीते करेलाको मूल्य २० रुपैयाँले बढेको छ । गत साता प्रतिकिलो औसत ११० रुपैयाँमा विक्री भएको करेला आज १३० रुपैयाँ पुगेको छ ।
यस्तै, एक सातामा करेलाको आगमन पनि बढेको छ । एक सातामा तीते करेलाको आगमन ९९ प्रतिशतले बढेको समितिले जनाएको छ । गत साताको शुक्रवार (फागुन ४ गते) ६ हजार ६८० किलोग्राम करेला भित्रिएकोमा आज (फागुन ११ गते) १३ हजार ३३० किलोग्राम करेला भित्रिएको छ ।
एक सातामा कुन तरकारीको मूल्य बढ्यो कुनको घट्यो ?
काठमाडौं । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १८ प्रतिशतले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा तीते करेलाको मूल्य २० रुपैयाँले बढेको छ । गत साता प्रतिकिलो औसत ११० रुपैयाँमा विक्री भएको करेला आज १३० रुपैयाँ पुगेको छ ।
यस्तै, एक सातामा करेलाको आगमन पनि बढेको छ । एक सातामा तीते करेलाको आगमन ९९ प्रतिशतले बढेको समितिले जनाएको छ । गत साताको शुक्रवार (फागुन ४ गते) ६ हजार ६८० किलोग्राम करेला भित्रिएकोमा आज (फागुन ११ गते) १३ हजार ३३० किलोग्राम करेला भित्रिएको छ ।
एक सातामा कुन तरकारीको मूल्य बढ्यो कुनको घट्यो ?
काठमाडौं । कालीमाटी बजारमा एक सातामा डल्ले च्याउको मूल्य ४२ प्रतिशतले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताअघि प्रतिकिलो २३० रुपैयाँ औसत मूल्य रहेको च्याउ आज ९६ रुपैयाँले बढेर ३२६ रुपैयाँ पुगेको छ ।
समितिका अनुसार आगमन भने ११ प्रतिशतले घटेको छ । एक साताअघि १ हजार ६२० किलोग्राम च्याउ बजार भित्रिएको थियो भने आज ४ हजार ४४० किलोग्राम च्याउ बजार भित्रिएको छ ।
काठमाडौं । पछिल्लो एक सातामा सुन्तलाको आगमन ३३ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्ताअघि २४ हजार ३२५ किलोग्राम सुन्तला बजार भित्रिएको थियो भने आज १६ हजार २५० किलोग्राम सुन्तला भित्रिएको छ ।
आगमन घट्दा मूल्य भने १५ प्रतिशतले बढेको छ । गत सातामा सुन्तलाको औसत मूल्य प्रतिकिलो १३० रुपैयाँ थियो भने आज सुन्तलाको मूल्य १५० रुपैयाँ किलोग्राम पुगेको छ । सुन्तलाको सिजन सकिएसँगै बजारमा सुन्तलाको मूल्य बढेको व्यापारी बताउँछन् ।
अन्य तरकारीको मूल्य कति ?
काठमाडौं । गत कात्तिक २० गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यसूची अनुसार गोलभेडा ठूलो (भारतीय)को औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ थियो । त्यसको दुई सातामा अर्थात् मंसिर ४ गते (सोमवार) भने त्यसको औसत मूल्य प्रतिकेजी ९६.६७ रुपैयाँ कायम भएको छ ।
त्यो अवधिमा भारतीय गोलभेडाको भाउ उच्च दरमा बढ्दा नेपाली गोलभेडाको भाउ भने स्थिर देखिएको छ । समितिका अनुसार गत कात्तिक २० गते गोलभेडा ठूलो (नेपाली)को भाउ प्रतिकेजी ६५ रुपैयाँ थियो । सोमवार पनि गोलभेडाको मूल्य सोही दर कायम गरिएको छ ।
भारतीय गोलभेडाको मूल्य बढ्दा नेपालीको भने स्थिर देखिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार भारतीय गोलभेडाको माग बढेकाले मूल्य बढेको हो । ‘भारतीय गोलभेडा (ठूलो) खपत हुने होटल र रेष्टुरेन्टमा हो । तिहार र छठपछि होटल र रेष्टुरेन्टहरू खुलेपछि यसको माग बढ्यो । माग बढ्दा मूल्य पनि बढ्यो,’ उनले भने । होटल र रेष्टुरेन्टमा सलाद बनाउन भारतीय गोलभेडा (ठूलो) प्रयोग गरिने उनले बताए ।
नेपाली गोलभेडा (ठूलो)को तुलनामा भारतीय गोलभेडा (ठूलो)मा गुलियोपना बढी हुने भएकाले होटल र रेष्टुरेन्टमा यसको खपत बढी हुने गरेको उनको भनाइ छ । ‘भारतीय गोलभेडाको तुलनामा नेपाली गोलभेडामा अमिलोपन बढी हुन्छ,’ उनले भने ।
यो अवधिमा तरकारीमा प्रयोग गर्ने गोलभेडाको भाउ भने घटेको छ । समितिका अनुसार गत कात्तिक २० गते गोलभेडा सानो (लोकल)को औसत मूल्य प्रतिकेजी ४१ रुपैयाँ रहेकोमा सोमवार यसको भाउ प्रतिकेजी २५ रुपैयाँ तोकिएको छ ।
काठमाडौं। काठमाडौंको बजारमा ३ साता अवधिमा प्याजको मूल्य ६६ प्रतिशतले बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो ३ सातामा प्याजको मूल्य उकालो लागेको हो । भारतले आफ्नो आन्तरिक बजारमा माग धान्न गाह्रो भएको भन्दै प्याज निर्यातमा कडाइ गर्दा नेपालमा मूल्य बढेको बताइएको छ ।
समितिको मूल्य सूचीअनुसार असोज २५ मा प्रतिकिलो ७३ रुपैयाँ ८० पैसा रहेको प्याजको थोक भाउ कात्तिक १५ गते ६६ दशमलव ६७ प्रतिशतले बढेर १ सय २३ रुपैयाँ पुगेको छ । कालीमाटी तरकारी बजारले काठमाडौं उपत्यकाको करीब ७० प्रतिशत माग धान्ने गर्छ । बाँकी ३० प्रतिशत माग बल्खु, टुकुचा, कलंकी, बालाजुलगायत बजारले धान्छन् ।
थोक बजारबाट खुद्रा पसलसम्म पुग्दा मूल्य किलोको १ सय ५५ रुपैयाँसम्म पुगेको पाइएको छ । कालीमाटी बजारमा आयात हुने करीब ९९ प्रतिशत प्याज भारतीय हुन्छ । केही सातादेखि भारतले आन्तरिक बजारमा प्याजको माग धान्न समस्या भएको भन्दै निर्यातमा कडाइ गर्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार पछिल्लो समय भारतबाट हुने प्याजको आयात स्वाट्टै घटेको छ ।
समितिको तथ्यांकअनुसार यसअघि असोज २५ मा कालीमाटी बजारमा ५६ मेट्रिक टन प्याज भित्रिएको छ । असोज १४ सम्म आइपुग्दा आयातको मात्रा ५७ प्रतिशतभन्दा धेरैले घटेर २४ मेट्रिक टनमा सीमित भएको छ । प्याजको अयात नै कम भएपछि मूल्य बढ्नु स्वाभाविक भएको श्रेष्ठ बताउँछन् ।
नेपालमा प्याज उत्पादन नै नहुने होइन तर स्वदेशी उत्पादनले बजार माग धान्न नसकेपछि ठूलो परिमाणमा भारतबाट आयात हुने गरेको छ । केही वर्षयता नेपालमा प्याज उत्पादनमा समेत गिरावट आएको देखिन्छ ।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालमा २० हजार ९ सय हेक्टर जग्गामा प्याजखेती गरिएको थियो । त्यसयताका वर्षहरूमा प्याजखेतीको क्षेत्रफल क्रमश: घट्दै गएको देखिन्छ । आव २०७६/७७ मा २० हजार ४ सय र २०७७/७८ मा २० हजार ३ सय हेक्टरमा मात्र प्याजखेती गरिएको सरकारी तथ्यांक छ ।
प्याजमा परनिर्भर भएकै कारण नेपालीले महँगो मूल्यमा किनेर खानुपर्ने अवस्था रहेको सरोकारवाला बताउँछन् । केन्द्रका बाली विकास अधिकृत सन्दीप सुवेदीले प्याज उत्पादन तथा प्रवर्द्धनमा सरकारले ठूला कार्यक्रम ल्याउन नसक्दा उपभोक्ताले महँगो मूल्यमा किन्नु परेको बताए ।
उनका अनुसार प्याजका लागि नेपाली उपभोक्ताले भारतकै भर पर्नुपर्ने अवस्था आउनुमा सरकारले ठूला कार्यक्रम ल्याउन नसक्नु एउटा र किसान आफैले उत्पादन गर्न पनि गुणस्तरीय बीउ उपलब्ध नहुनु अर्को कारण हो । मुलुकलाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले आव २०६४/६५ मा ५० करोड रुपैयाँ लगानीमा झापा, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रुपन्देही, बाँकेलगायत जिल्लामा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, उक्त कार्यक्रम सफल हुन सकेन । सरकारले घोषणा मात्र गर्ने, कार्यक्रम कसरी चलिरहेको भनेर अनुगमन नगर्ने वा देखिएका समस्या समाधानमा चासो नदिने गर्दा प्याज मिशन कार्यक्रम असफल भएको किसानको भनाइ छ ।
काठमाडौं, असोज १८। हरियो तरकारीको मूल्य २ सय ८० प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो २ सातामा यति ठूलो परिमाणमा तरकारीको मूल्य बढेको देखिएको हो । बजारमा तरकारी आगमनको स्थितिमा कुनै समस्या नभए पनि अस्वाभाविक रूपमा मूल्य बढ्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । […]