३८ खर्बभन्दा तल झर्‍यो कुल बजार पूँजीकरण, सातामा करीब १८ अर्बको कारोबार

  फागुन १४, काठमाडौं । यो साता नेप्से परिसूचक गत साताको तुलनामा ७१ द्यशमलव शून्य ७ अंकले तल झरेको छ । गत साता २ हजार ७३२ दशमलव ५१ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ६६१ दशमलव ४४ विन्दुमा झरेको हो । साताको पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन दिन बढेको छ भने दुई दिन घटेको छ । पहिलो दिन ३९ दशमलव ४० अंकले घटेको नेप्से दोस्रो दिन २५ दशमलव ४१ अंक र तेस्रो दिन १७ दशमलव ४२ अंकले बढेको थियो । त्यस पछिको दुई कारोबार दिन नेप्से परिसूचक निरन्तर घटेर बन्द भएको छ । चौथो दिन १५ दशमलव ५० अंकले र पाँचौ दिन ५८ दशमलव ९९ अंकले नेप्से परिसूचक घटेर बन्द भएको हो । यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । गत साताको तुलनामा सेन्सेटिभ इन्डेक्स ११ दशमलव शून्य ६ अंकले घटेको हो । गत साता ५१८ दशमलव ६४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५०७ दशमलव ५८ विन्दुमा बन्द भएको हो । गत साता रू. १८ अर्ब १९ करोड ९० लाख ४७ हजार बराबरको ३ करोड ५२ लाख २४ हजार २५७ कित्ता शेयर कारोबार भएको थियो । यो साता भने रू. १७ अर्ब ७२ करोड २१ लख १८ हजार बराबरको ३ करोड २९ लाख ३५ हजार २४३ कित्ता शेयर कारोबार भएको हो । गत साताको तुलनामा यो साता रू. ४७ करोड ६९ लाख २९ हजार बराबरको २२ लाख ८९ हजार १४ कित्ता कम शेयर कारोबार भएको हो । बजारका महत्वपूर्ण सूचकहरुमा कमि आउँदा यो साता सूचीकृत कम्पनीहरुको शेयरमूल्य अर्थात् कुल बजार पूँजीकरण पनि घटेको छ । गत साता रू. ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३७ खर्ब ६९ अर्ब ६३ करोड १७ लाख कायम भएको हो । फागुन १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा बढेको ब्याजदरका कारण प्रभावित हुदैं आएको बजार राष्ट्र बैंकले मार्जिन प्रकृतिका कर्जाको जोखिम भार वृद्धि गरी १५० पुर्‍याएकाले पनि थप प्रभावित बनेको टिप्पणी जानकारहरुको छ । यसअघि १०० प्रतिशत रहेको मार्जिन प्रकृतिको कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पु¥याइएको छ । हाल बजार सञ्चालक नेप्से र नियमक निकाय नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वलाई आगामी दिनमा बजारमा धितोपत्रका नयाँ औजारहरु थप गर्ने खालका नीतिलाई अघि बढाउन लगानीकर्ताहरुले सुझाब दिएका छन् । हाल बजारमा बैंक तथा वित्तीय संस्थाहरुको बर्चश्व रहेकाले राष्ट्र बैंकको नीतिले मात्र पनि बजार प्रभावित हुने भएकाले यी बाहेक अन्य क्षेत्रका कम्पनीहरु बजारमा भित्र्याउन आगामी दिनमा पहल गर्नुपर्ने सुझाब लगानीकर्ताहरुको छ । यो साता जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाए   यो साता कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकहरुमध्ये जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । गत साताको तुलनामा यो साता जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५ दशमलव ५८ प्रतिशत घटेको हो । यो साता जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४० प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । एमसीसी सम्झौतापछि जलविद्युतको शेयरमूल्य बढ्ने अपेक्षाका साथ पछिल्लो समय जलविद्युत समूह अन्तर्गतका कम्पनीमा शेयरधनीहरुको आकर्षण बढेको छ । गत साताभन्दा यो साता उत्पादन तथा प्रशोधन समूहको ४ दशमव ७७ प्रतिशत, व्यापारिकको ४ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ७७ प्रतिशत, लघुवित्तको ३ दशमलव ३१ प्रतिशत, लगानीको ३ दशमलव ३० प्रतिशत, विकास बैंकको ३ दशमलव २६ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ७२ प्रतिशत, वित्तको २ दशमलव ५२ प्रतिशत, बैंकिङ्गको २ दशमलव ३६ प्रतिशत, अन्य समूहको १ दशमलव १९ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ९५ प्रतिशत परिसूचक घटेको छ ।  साताको बजारका सूचकहरुको अवस्था : साता व्यापी समूहगत परिसूचकमा भएको थपघट : स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सम्बन्धित सामग्री

दीक्षान्त समारोहको कालो टोपी

म बिहानको ६ बजे नेममा पढ्न गइरहेकी थिएँ । जब डिल्लीबजारको ओरालोमा जाँदै थिए, मेरो अगाडि एउटा कालो टोपी झर्‍यो । टोपी अनौठो थियो । मैले निहुरेर टोपी हातमा उठाएँ अनि फेरि त्यहीं छोडिदिए । मलाई लाग्यो त्यो नजिकैको घरमा बस्ने मान्छेको कोठाबाट खस्यो होला । तर त्यस्तो टोपी कसले लगाउँछ ? साढे ६ बजे […]

अन्तिम १ घण्टामा उच्च दरले झर्‍यो सेयर बजार, धेरै घट्नेमा हाइड्रोपावर समूह

१० फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार अन्तिम १ घण्टामा सेयर बजार उच्च दरले घटेको छ । अघिल्लो दिनको तुलनामा २ बजेसम्म ४ अंक गिरावटमा बजार देखिएको थियो । तर ३ बजे कारोबार बन्द हुँदा भने अघिल्लो दिनको तुलनामा २०.७६ अंकले बजार झर्‍यो । २००५ अंकमा अडिएर बजार बन्द भएको छ । २ […]

रित्तिँदै गाउँ, भरिँदै बजार

'यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो। त्यसरी नपकाए पुग्थेन,' व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, 'तर अहिले ती सबै एकादेशको कथा जस्ता भए। सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्‍यो। हेर्दा हेर्दै गाउ...

‘कन्फिडेन्स’ खोज्दै सेयर लगानीकर्ता

२५ जेठ, काठमाडौं । २ भदौ २०७८ मा अहिलेसम्मकै उच्च विन्दु ३१९९.०३ छोएको सेयर बजार परिसूचक नेप्से त्यसयताको ९ महिनामा १२ सय अंक तल झर्‍यो । हाल सेयरको दैनिक कारोबार औसतः डेढ अर्बमा खुम्चिएको छ । ४० खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको बजार पूँजीकरण अब घटेर २९ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ । कोरोना […]

खानेतेल उत्पादन एक चौथाइमा झर्‍यो

वीरगञ्ज, बैशाख २५। लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा अवरोध आएपछि उत्पादन खुम्चिएको उद्योगीहरूले बताए । कच्चा पदार्थको आपूर्ति असहज भएपछि बारा–पर्साका तेल उद्योग अहिले क्षमताको २५ प्रतिशतमा चलिरहेको उद्योगी बताउँछन् । अर्धप्रशोधित तेलका मुख्य उत्पादक देशबाट आयात अवरुद्ध […]

गोरुलाई हरियो चस्मा

परिणाम–चस्मा फोरेको रिसले बौलाको होमेले गोरुलाई कुट्दै पल्लोछेउमा भरा फर्काउनुअघि हलोजुवासहित छाँगाबाट हाम्फाल्दा होमे पनि खुर्मुरिएर झर्‍यो। हल गोरु मरे, होमे मरेन। पाप भोग्नलाई होला ढाँड भाँचिएर थला पर्‍यो।...

नाप्न थाले अब

जाडो भन्दै समाचार छाप्न थाले अब अर्काले बाल्या आगो ताप्न थाले अब।। हिउँ झर्‍यो हिमालमा सिरेटो मधेसमा राजधानीमा सिरक खाप्न थाले अब।। घर भित्रको भुटिभाङ बाँकी केही छैन कस्ले ख्वाउँछ हण्डी थाप्न थाले अब।। केका तालमा कस्लाई के ल्याउँछु भने घरगाउँ जान नसकेर काँप्न थाले अब।। बेला हुन्जेल घाम तापे छेपाराले जस्तै छैटी न्वारनमा लेखेका […]

फेरि तीन डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो । यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो । शुक्रबार अधिकतम तापक्रम १९ डिग्री थियो, आजको अधिकत तापक्रम दिउँसो मात्र थाहा हुन्छ । […] The post फेरि तीन डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ६ डिग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अझै उकालो लाग्दैछ कोरोना संक्रमण

२६ साउन, काठमाडौं । वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या विस्तारै घट्दै गएको थियो । यो संख्या असार २० मा १,६०३ जनामा झर्‍यो । त्यसयता केही समय स्थिर र त्यसपछि क्रमश संक्रमितको संख्या बढ्दै मंगलबार ४९०४ मा पुगेको छ । पछिल्लो २४ घण्टामा १९,१२३ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण […]