सातामा ८९ अर्बभन्दा बढीले घट्यो कुल बजार पूँजीकरण, कारोबार रकममा ६ अर्बको कमी

फागुन ७, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारका महत्वपूर्ण सूचकहरुमा कमि आएको छ ।  गत साताको तुलनामा यो साता नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स, कारोबार रकम तथा कित्ता र कुल बजार पूँजीकरण घटेको हो । गत साताभन्दा नेप्से परिसूचक यो साता ६९ दशमलव शून्य ५ अंकले तल झरेको छ । पाँच कारोबार दिनमा यो साता नेप्से परिसूचक तीन दिन घटेको छ भने दुई दिन बढेको छ । पहिलो दिन १०० दशमलव ६७ अंक घटेको बजार दोस्रो दिन शून्य दशमलव शून्य ८ प्रतिशत र तेस्रो दिन ५३ दशमलव ३० अंकले बढेको हो । त्यस्तै चौथो दिन १९ दशमलव ८४ अंक र पाँचौ दिन १ दशमलव ९४ अंकले बजार घटेको हो ।  गत साता २ हजार ८०१ दशमलव ५६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ७३२ दशमलव ५१ विन्दुमा झरेको हो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ६४ अंकले घटेको छ । गत साता ५२७ दशमलव २८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१८ दशमलव ६४ विन्दुमा झरेको हो । नेप्से परिसूचक घटेसँगै कुल बजारपूँजीकरण रू. ८९ अर्ब ३५ करोड ३६ लाखले घटेको छ । गत साता रू. ३९ खर्ब ५९ अर्ब ६४ करोड ८५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाखमा झरेको हो ।   यस साता रू. १८ अर्ब १९ करोड ९० लाख ४७ हजार बराबरको ३ करोड ५२ लाख २४ हजार २५७ कित्ता शेयर कारोबार भएको छ । गत साता भने रू. २४ अर्ब ४४ करोड ४६ लाख २९ हजार बराबरको ४ करोड ५६ लाख ८९ हजार ५५१ कित्ता शेयर कारोबार भएको थियो ।  गत साताको भन्दा यो साता रू. ६ अर्ब २४ करोड ७२ लाख ४४ हजार बराबरको १ करोड ४ लाख ६५ हजार २९४ कित्ता कम शेयर कारोबार भएको हो ।  

सम्बन्धित सामग्री

शेयर बजार २३.६४ अंकले घट्यो

काठमाडौं । हिजो आइतवार सामान्य घटेको शेयर बजार आज साेमवार २३.६४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से सूचक घटेर १९०८.०४ विन्दुमा पुगेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ६७ वटा कम्पनीका […]

शेयर बजार झन्डै ५ अङ्कले घट्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, अन्य र जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ८३ वटा कम्पनीका २५ लाख ८१ हजार कित्ता शेयर ९६ करोड ५२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज एनएमबी बैंकको शेयर सबैभन्दा...

आज शेयर बजार साढे ३ अंकले घट्यो

आज शेयर बजार साढे तीन अंकले घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ५१ अंकले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ । आज दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता शेयर ८४ करोड २६ लाख रुपैयाँमा […]

शेयर बजार झन्डै १० अङ्कले घट्यो, साढे ६५ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हिजो बुधवार बढेको शेयर बजार आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर कमी आइरहेको छ । दुई सय २९ वटा कम्पनीकाे २५ लाख ४२ हजार कित्ता शेयर ६५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को शेयर झन्...

लगातार तेस्रो दिन शेयर बजार घट्यो, कारोबार रकममा पनि कमी

काठमाण्डाै – लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ११ अङ्कले घटेर दुई हजार ५७ दशमलव ६८ विन्दुमा झरेको छ ।  आज उत्पादन र लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय १८ वटा कम्पनीकाे ४६ लाख ४० हजार कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले घट...

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

काठमाण्डौ – शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ । बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज लक्ष्मी इक्विटी फन्डको शेयर झन्डै ६ प्रतिशतले तथा जनरल इन्सुरेन्...

आज पनि घट्यो सेयर बजार

काठमाडौँ– साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार (नेप्से) मा १५.०२ अंकको गिरावट भइ २ हजार ३ सय ७१ अंकमा झरेको छ। सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आज एक अर्ब चार करोड बराबरको कारोबार भएको छ। यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो। यसरी बजार घट्ने क्रममा कारोबार रकममा कमी […]

शेयर बजार झन्डै १५ अङ्कले घट्यो, २ अर्ब २७ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ६७ अङ्कले घटेर दुई हजार ६ सय १६ दशमलव ५८ विन्दुमा झरेको छ । आज लगानी समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २४ वटा कम्पनीका ४२ लाख ८७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज मैलुङ खोला जलविद्युत्, शिवश्री हाइड्रो, प्रभु ल...