९ माघ, काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका घर, गोठ, संरचनाको ह्रासकट्टी नगर्ने भएको छ । घर, गोठ, संरचना अधिग्रहण गर्दा ह्रासकट्टी नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । योसँगै अब बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा विवाद लगभग टुंगो लाग्ने तय भएको मन्त्रालयका एक अधिकारीले बताए । […]