सार्वजनिक जग्गामा बनाइएका संरचनाको पनि मुआब्जा दिनुपर्छ : बूढीगण्डकी प्रभावित क्षेत्रका जनप्रतिनिधि

गोरखा –  बूढीगण्डकी जलविद्युत् आयाेजना प्रभावित क्षेत्रका जनप्रतिनिधिले सार्वजनिक जग्गामा बनाइएका घर टहराको पनि मुआब्जा दिनुपर्ने माग गरेका छन् । आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङका जनप्रतिनिधिको आज बुधवारको बैठकले सार्वजनिक जग्गामा घर टहरा बनाएर बसोबास गर्दै आएकालाई वडाको मुचुल्काका आधारमा मुआब्जा दिनुपर्ने माग राखेको हो । यस्तै घरगोठ र बोटबिरुवाको मुआब्जा वितरण गर्नुअघि वातावरणीय प्रतिवेदनका आधारमा पुनर्वाससम्बन्धी नीति सार्वजनिक गर्नुपर्ने, जग्गा भाडामा लिइ निर्माण गरिएका संरचनाको मुआब्जा दिने निर्णय...

सम्बन्धित सामग्री

मुआब्जा माग्दै बूढीगण्डकी प्रभावित काठमाडौंमा

बूढीगण्डकी जलविद्युत् आयोजनाका विस्थापितलाई तत्काल मुआब्जा वितरण गर्न सरोकारवालाहरूले माग गरेका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारसमक्ष विभिन्न माग राखेको छ । आफूहरूका मागबारे सरकारले १० दिनभित्र सुनुवाइ नगरे माइतीघर मण्डलमा धर्ना र प्रदर्शनका कार्यक्रम गर्ने उनीहरूको चेतावनी छ ।

बूढीगण्डकी प्रभावित जग्गाको मुआब्जा कम भएको भन्‍दै प्रदर्शन

काठमाडौं : बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिले आयोजना प्रभावित जग्गाको मुआब्जा पुनर्मूल्यांकनको माग राखेर विरोध प्रदर्शन गरेका छन्। बिहीबार माइतीघरमा सरकारले निर्धारण गरेको मुआब्जा कम भएको भन्दै पुनर्मूल्यांकनको माग राख्दै उनीहरूले विरोध गरेका हुन्।  सरोकारवालाहरूले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभ...

बूढीगण्डकी जलाशय आयोजना: प्रतिआना ५ देखि २५ लाखसम्म मुआब्जा

बूढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारण गर्न बाँकी रहेको ठाउँको प्रतिआना ५ लाखदेखि २५ लाख रुपैयाँसम्म दिनुपर्ने माग गरेका छन् ।