बूढीगण्डकी प्रभावितले पाए पाँच अर्ब मुआब्जा

काठमाडौं, असार १५ । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावित परिवारले घरगोठ, बोटबिरुवा र फलफूलको करिब पाँच अर्ब रुपैयाँ मुआब्जा पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्बास तथा पुनस्र्थापना एकाइका अनुसार हालसम्म चार अर्ब ७२ रुपैयाँ वितरण भइसकेको छ । दोस्रो पटक दुई हजार छ सय घर प्रभावितको बैङ्क खातामा […]

सम्बन्धित सामग्री

२४ हजार ऋणीले पाए १०६ अर्ब पुनरकर्जा

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म २४ हजारभन्दा बढी ऋणीहरुले १०६ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा पाएका छन् । यस्तो पुनरकर्जा चालू आर्थिक वर्षको पुस मसान्तसम्म २४ हजार २६७ ऋणीले एक खर्ब ६ अर्ब ८ करोड रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको हो । बैंकका अनुसार ७ प्रदेश ७७ वटै जिल्लामा प्रवाह भएको यस्तो पुनरकर्जा ग्राहकको मूल्यांकनको आधारमा विशेष र साधारण गरि १०२ जना ऋणीमा १३ अर्ब ६२ करोड प्रवाह गरिएको छ । यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान गरिने एकमुष्ट कर्जामा २ हजार ९६०

१ लाख ११ हजारले पाए सहुलियतपूर्ण कर्जा, १७२ अर्ब १७ करोड कर्जा बक्यौता

नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ साउन मसान्तमा रु.११८ अर्ब ४९ करोड लगानीमा रहेको छ । २०७८ साउन मसान्तसम्ममा १ लाख ११ हजार ४ सय ७१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४८ हजार ४ सय ९८ ऋणीलाई प्रवाह भएको रु.११२ अर्ब ७५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ६० हजार ३ सय २२ महिला उद्यमीलाई प्रवाह भएको रु.५५ अर्ब ७९ करोड कर्जा रहेको छ । तालिका : नेपा...

४८ हजार जनाले पाए एक खर्ब ४८ अर्ब पुन:कर्जा

काठमाडौं। कोभिड–१९ महामारी प्रभावितलाई दिने गरी ल्याइएको पुन:कर्जा ४८ हजार ८९० जनाले पाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ को असार मसान्तसम्ममा ती ऋणीले एक खर्ब ४८ अर्ब ७५ करोड पुन:कर्जा पाएका हुन्। यस्तै, स्वास्थ्य सेवा प्रदायक, अस्पताल, उद्योगहरूले लिक्विड अक्सिजन स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोड ऋण दिने व्यवस्था कार्यान्वयनमा आएको छ।

एक लाख ऋणीले पाए एक खर्ब ६१ अर्ब ऋण

काठमाडौं। सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत २०७८ असार मसान्तसम्ममा १ लाख ४ हजार ऋणीले ऋण पाएका छन्। उनीहरूले उक्त अवधिमा कुल एक खर्ब ६१ अर्ब ४४ करोड रुपैयाँ ऋण पाएका हुन्। जसमध्ये कृषि तथा पशुपन्छी व्यवसायमा ४६ हजार ऋणीले एक खर्ब ६ अर्ब रुपैयाँ ऋण दिइएको छ भने ५५ हजार ५५१ महिलाले ५० अर्ब ९८ करोड रुपैयाँ ऋण पाएका छन्।

५०६ उद्योगले पाए एक अर्ब २८ करोड निर्यात अनुदान

काठमाडौं। एक वर्षमा नेपालका ५०६ वटा उद्योगले निर्यात अनुदान पाएका छन्। ती उद्योगले एक अर्ब २८ करोड ५० लाख रुपैयाँ अनुदानको सिफारिस भएको हो। नेपाल सरकारले बजेटमै उल्लेख गरेर निर्यातमा अनुदान दिने व्यवस्था गरेको छ। व्यवस्थाअनुसार तोकिएको वस्तुको निर्यात गर्दा निर्यात रकमको तुलनाका आधारमा रकम दिइने गरिन्छ। सोहीअनुासर, ५०६ वटा उद्योग निर्यात अनुदानको सिफारिसमा परेका हुन्।

स्थानीय तहलाई २ खर्ब ८३ अर्ब बजेट अनुदान, कुनले कति पाए ?

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण नीति अनुरुप ७५३ स्थानीय तहलाई नै बजेट वितरण गरेको छ । पूर्व ताप्लेजुङदेखि पश्चिम कैलालीसम्मका स्थानीय तहहरुमा अनुदानमा बजेट वितरण गरेको सरकारले स्थानीय तह वित्तीय हस्तान्तरण शीर्षकमा कुल २ खर्ब ८३ अर्ब १ करोड ४७ लाख विनियोजन गरेको छ । यसमध्ये महानगरपालिकाका लागि १० अर्ब ९ करोड २८ लाख छुट्याइएको छ भने, उप–महानगरपालिकाका लागि ९ अर्ब ७६ करोड ८४ लाख, नगरपालिकाका लागि १ खर्ब २३ अर्ब ९६ करोड ६ लाख र गाउँपालिकाका ल

विद्युत् डिमान्ड शुल्कमा उद्योगहरूले पाए सवा २ अर्ब छूट

चितवन, बैशाख २९ । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि (२०७६ चैत ११ गतेदेखि २०७७ असार मसान्तसम्म) को विद्युत् डिमान्ड शुल्क छूट दिने निर्णय गरेको थियो । सोहीअनुसार ती उद्योगहरूले छूट पाएका हुन् । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त […]

विद्युत् डिमान्ड शुल्कमा उद्योगहरूले पाए सवा २ अर्ब छूट

काठमाडौं । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा रू। २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि ९ २०७६ चैत ११ गतेदेखि २०७७ असार मसान्तसम्म० को विद्युत् डिमान्ड शुल्क छूट दिने निर्णय गरेको थियो । सोहीअनुसार ती उद्योगहरूले छूट पाएका हुन् ।नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डिमान्ड शुल्क छूटबापत लक्षित उद्योगहरूले त्यस बराबर रकम छूट

महामारीमा १३ अर्ब ब्याज छुट, प्रभावित नहुनेले पनि सुविधा पाए : बैंकर्स संघ

२१ पुस, काठमाडौं । कोरोनाको महमाकारीका कारण समस्यामा परेका ऋणीहरुलाई करिब १३ अर्ब रुपैयाँ ब्याज छुट दिएका छन् । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाहरुमा परेको असर र बैंकहरुले दिएका सुविधाहरुबारे नेपाल राष्ट्र बैंकले एक प्रतिवेदन बनाएर सरकारलाई बुझाएको छ । अर्थमन्त्रालयलाई बुझाएको उक्त प्रतिवेदनअनुसार बैंकहरुले ब्याज छुटमात्रै १२ अर्ब २५ करोड रुपैयाँ र ५५ […]