कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट संक्रमण र मृत्यु दरमा कमी आएको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा केही कमी देखिएको हो । तर, कोरोना महामारीको जोखिम भने उच्च रहेको जनस्वास्थ्यविदहरुले बताइरहेका छन् । प्रदेशमा बितेका २२ दिनको तथ्याङ्कलाई आंकलन गर्दा जम्मा दुई दिनमात्र मृत्युदर शून्य छ भने बाँकी २० दिनमा कुनै न कुनै कोरोना संक्रमितले ज्यान गुमाएको अवस्था छ । गत जेठ १३ गतेदेखि असार ४ गतेको बीचमा असार महिनाको दुई दिन (असार १ गते र असार ४ गते)