सुर्खेत । कर्णाली प्रदेशका दैनिक कोरोना संक्रमित सयौँको मात्रामा थपिने क्रम जारी छ भने बिरामी निको हुने दर भने न्यून रहेको छ । पछिल्ला केही दिन यता दैनिक २ सय बढी कोरोना संक्रमित थपिँदा निको हुनेको सङ्ख्या भने १० भन्दा माथि छैन । जसका कारण कोरोनाका बिरामीले अस्पताल भरिने क्रम बढेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आरटी पिसिआर विधिबाट २१४ र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४