कर्णाली प्रदेशमा बुधबार कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । केही दिन अघिदेखि संक्रमणबाट शून्य मृत्युदर रहेको कर्णालीमा बुधबार जुम्लाका १ र सुर्खेतका १ जना गरी २ जनाको मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७२ जना पुगेको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा सुर्खेत अग्रपंक्तिमा छ । सुर्खेतमा कोरोना संक्रमणका कारण हालसम्म २१४ जनाको मृत्यु भएको छ ।प्रदेशमा बुधबार थप ३० जनामा कोरोना