पोखरा । विवेकशील साझा पार्टी गण्डकीका एक दर्जन नेताहरुले पार्टी परित्याग गरेको छन् । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टीमा हैकम चलाउँदै तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउदै १२ जना नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्यद्वय प्रकाश आचार्य, मनिषा मगर,गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख