झापा : स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा घात गरेको भन्दै नेपाली कांग्रेसका झापा जिल्ला सचिवसहित तीन दर्जन भन्दा बढी कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।सत्तारुढ गठबन्धन तालमेलको विरोध गर्दै करिब ५ दशकदेखि पार्टीमा सक्रिय केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं झापा कांग्रेसका सचिव दयानन्द गोस्वामीसहित करिब तीन दर्जन भन्दा बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन्।उनीहरूले आइतबार सामूहिक विज्ञप्ति निकाल्दै साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन्। जिल्लामा