१२ बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी १२ जनाभन्दा बढी नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरे । “नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित एमाले, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी एक दर्जन बढी नेता–कार्यकर्ता हाम्रो पार्टी प्रवेश...

सम्बन्धित सामग्री

एमाले प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजन माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् । अध्यक्ष प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु […]

राप्रपाका केन्द्रीय सदस्यसहित एक दर्जन नेता माओवादी केन्द्रमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोल्पाका केन्द्रीय सदस्यसहित एक दर्जन नेता, कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शुक्रबार सदरमुकाम दुनैमा आयोजित जिल्ला समन्वय समितिको चौथो विस्तारित बैठकमा केन्द्रीय सदस्य वीरमल कुमार भन्डारी,...

एकसय भन्दाबढी नेता कार्यकर्ता एमालेबाट माओवादीमा प्रवेश

सिराहा – सिराहामा चुनावको मुखमै नेकपा एमाले परित्याग गरी एक सय भन्दाबढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गोल बजार-४ भट्टटोलमा एक समारोहको आयोजित कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा सिराहा क्षेत्र नम्बर ३ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर उनीहरूलाई स्वागत गरे। उनीहरू गोल बजार-४ का मदन […]

बलभद्र थारुसहित एमाले मोरङका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले नेता बलभद्र थारु माओवादी केन्द्र प्रवेश गरेका छन् । थारुसहित मोरङ एमालेका विभिन्न पदमा सक्रिय नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई आज बिहान खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका थिए । सो क्रममा अध्यक्ष प्रचण्डले मोरङका महत्वपूर्ण व्यक्तित्व बलभद्र थारुसहितका नेताहरुको प्रवेशले मोरङमा पार्टी थप मजबुद हुने विश्वास व्याक्त गरे । नवप्रवेसीहरुलाई योग्यताअनुसारको जिम्मेवारी दिइने प्रचण्डको भनाइ थियो ।

चितवन राप्रपा युवा संघका उपाध्यक्ष माओवादी प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संघ चितवनका उपाध्यक्ष शंकर विश्वकर्माले पार्टी परित्याग गरेका छन् । पार्टी आफ्नो विचारबाट विचलित भएको भन्दै विश्वकर्मासहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।आफ्नो हक अधिकारको पक्षमा बोल्ने पार्टी माओवादी भएको भन्दै राप्रपा छोडेका हुन । विश्वकर्मासहितका नेता कार्यकर्तालाई माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले प्रवेश गराए ।

विप्लव नेतृत्वको नेकपा त्यागेका ओमप्रकाश पुनसहित ५२ जना माओवादी केन्द्रमा प्रवेश

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।पुनसहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए।  पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्यूरो इन्चार्ज हुन्

जसपाका चार केन्द्रीय सदस्यसहित नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

आइतबार हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ ।माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता म

दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

जिल्लामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार रौतहट जिल्लाका चार स्थानमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राजपा, लोकतान्त्रिक फोरम, नेपाल परिवार दल, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी नेता, कार्यकर्ता पार्टी प्रवेश गरेका माओवादी केन्द्रले जनाएको छ ।