पर्वतीय सुरक्षा तथा प्राथमिक उपचार तालिम

काठमाडौं : ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम संचालन गरेको छ। तालिम मंसिर १७ देखि तीन दिनसम्म चल्ने टानले जनाएको छ। नेपाल माउन्टेन एकेडेमी थापागाउँ, बिजुलीबजारमा भइरहेको तालिममा टानका सदस्य कम्पनी अन्तर्गतका ६२ जना ट्रेकिङ गाइड सहभागी भएको टानले जनाएको छ।...

सम्बन्धित सामग्री

कक्षा १० पछि तालिम अनिवार्य

सरकारले कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीलाई दुईमहिने जीवनोपयोगी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको १६ औँ योजना अनुसार लक्ष्य प्राप्तिका लागि शिक्षामा लगानी बढाउँदै लैजाने उल्लेख गरेको छ । विद्यालय शिक्षालाई सिपमूलक बनाउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यस कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई दुईमहिना (आठ हप्ता) अवधिको तालिम दिइने छ । जस अन्तर्गत प्रतिकारात्मक स्वास्थ्य, सन्तुलित भोजन, पाककला, प्राथमिक उपचार, सवारी अनुमति तथा सवारी नियम, आत्मसुरक्षा तथा अनुशासन, कार्यक्षेत्र सुरक्षा, यौन दुव्र्यवहार, राष्ट्रप्रेम, स्वयंसेवा र योग, ध्यान तथा कलालगायतका व्यावहारिक विषय समावेश गरिने छ ।

तयारी भएको बधशालामा जान तयार छैनन् व्यवसायी, कडाई गर्दै उपमहानगर

झन्डै २२ करोड लगानीमा बुटवलको धागो कारखाना नजिकै निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएपनि संचालनमा आएको छैन ।

सिन्धुलीमा विपद व्यवस्थापन अभ्यास

बाढी पहिरोको चपेटामा परेकाहरुलाई उद्धार तथा राहतका लागि तीन सुरक्षा निकायले संयुक्त विपद् प्रतिकार्य अभ्यास गरेका छन् । बाढी पहिरोमा फसेकाहरुलाई उद्धार गरी प्राथमिक उपचार, गाँसबास गुमाएकाहरुलाई राहत तथा जीविकोपार्जनका लागि सहायतसम्बन्धी अभ्यास सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी मिलेर गरेका हुन् ।

सिन्धुलीमा विपद व्यवस्थापन अभ्यास

बाढी पहिरोको चपेटामा परेकाहरुलाई उद्धार तथा राहतका लागि तीन सुरक्षा निकायले संयुक्त विपद् प्रतिकार्य अभ्यास गरेका छन् । बाढी पहिरोमा फसेकाहरुलाई उद्धार गरी प्राथमिक उपचार, गाँसबास गुमाएकाहरुलाई राहत तथा जीविकोपार्जनका लागि सहायतसम्बन्धी अभ्यास सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी मिलेर गरेका हुन् ।

नेपाल एयरहोस्टेस एकेडेमीका अध्ययनरत ५५ जना एयर होस्टेस दीक्षित

जेठ १२, काठमाडौं । नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययनरत १६, १७ र १८औं व्याचका ५५ जना एयर होस्टेस दीक्षित भएका छन् ।  काठमाडौंको हात्तिसारमा भएको एक ग्राजुएसन समारोहमा दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुको विमान परिचारिका बन्ने बाटो खुला भएको छ । उनीहरु सात महिना पहिले एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकाडेमीमा अध्ययन गर्न आएका हुन् । विगत ७ महीनाको प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीको लागि सक्षम बनेका नेपाल एयर होस्टेस एकेडेमीका डाइरेक्टर रेजिना तुलाधरले जानकारी दिएका छन् ।  ग्राजुएसन समारोहमा नेपाल एयर होस्टेस एकाडेमीका चिफ इन्सटक्टर गौरी कला थापा, भारतीय मूलकी अन्तरराष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, पर्सनालिटी प्रशिक्षक रोजिन शाक्य तथा संस्थाका अध्यक्ष प्रदीपराज वन्तको समेत सहभागिता रहेको थियो ।  कार्यक्रममा सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्रका साथै तथा हरेक व्याचका उत्कृष्ट विद्यार्थीलाई मेडलसमेत प्रदान गरिएको थियो । संस्थाका डाइरेक्टर रेजिना तुलाधरले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुले विमान परिचारिका जस्तो महत्वपूर्ण क्षेत्रमा लगानी गरेर युवाहरुलाई शिक्षा प्रदान गर्नु आफैँमा महत्वपूर्ण रहेको भन्दै प्रसंसा गरे । उनीहरुले पढ्नुपर्ने विषयमा विमानको इतिहास र प्रकार, यात्रु सुरक्षा, यात्रु सत्कार, फायर फाइटिङ रहेको छ । यस्तै उक्त विषय पढ्दा विभिन्न विषयवस्तुलाई फोकस गरिन्छ । जस्तै ड्रेस र मेकअप, फुड सर्भिस, प्राथमिक उपचार विधि, व्यक्तित्व विकास, आत्मरक्षा, पौडीलगायतका विषयलाई बढी प्रार्थमिकताका साथ शिक्षा प्रदान गरिन्छ ।  उनीहरुले विमानस्थल, विमान कम्पनी, एयरपोर्ट लन्च, ग्राउन्ड होस्टेस, कर्पोेरेट कार्यालय, ट्राभल एजेन्सीलगायत विभिन्न कार्यालयमा फ्रन्ट डेक्समा सजिलै काम गर्न सक्छन् ।  विमान परिचारिकाले यात्रुको सत्कार गर्ने, यात्रुको सुरक्षाको अनुभूति दिलाउने, यात्रुको कमाण्ड लिने, यात्रुलाई अप्ठ्यारो समयमा सान्त्वना दिने, सूचना प्रवाह गर्ने, मौसमसम्बन्धी जानकारी दिने, परिचयपत्र चेकजाँच गर्ने लगायतका कार्य गनुपर्ने हुन्छ ।  राष्ट्रिय उडानमा मासिक न्यूनतम ३० हजारदेखि ८० हजारसम्म कमाइ हुन्छ भने अन्तरराष्ट्रिय उडानमा मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म पनि कमाइ हुने बताइएको छ ।  एयर होस्टेसलाई नेपालमा मात्रै नभई विदेशमा समेत रोजगारीको अवसर रहेको तुलाधर बताए ।

पूर्वी नाकामा सुविधासम्पन्न हेल्थ डेस्क स्थापना

विराटनगर (अस) । काँकरभिट्टामा नवनिर्मित ‘हेल्थ हेल्प डेस्क’ सञ्चालनमा आएको छ । सुविधासम्पन्न र बेडसहितको डेस्कको नगर प्रमुख विमल आचार्यले बुधवार उद्घाटन गरेसँगै सञ्चालनमा आएको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ । सबै सीमाक्षेत्रमा स्वास्थ्य चेकजाँच गर्न नेपाल सरकारले धेरै वर्षदेखि स्वास्थ्य केन्द्र, चौकीहरू स्थापना गरेको भन्दै नगर प्रमुख आचार्यले औलो, कालज्वरो, दादुरा, पोलिया लगायत रोकथामका लागि यस्ता संरचना तयार गरिएको बताए । अहिले कोभिड १९ को ‘ओमिक्रोन’ भेरियन्टको संक्रमण सीमावर्ती बजारमा देखिएकाले त्यसको नियन्त्रणका लागि चिकित्सक र अन्य प्राविधिकसहितको टोलीको व्यवस्था गरिएको उनले बताए । उक्त नाकाबाट आवत–जावत गर्नेहरूका लागि एकद्वार प्रणाली अवलम्बन गर्न समेत नगरप्रमुख आचार्यले मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल (बीओपी काँकरभिट्टा)को ध्यानाकर्षण गराए । सुरक्षा, राजस्व चुहावट, विभिन्न आपराधिक गतिविधिका हिसाबले जाने र आउने अलग अलग बाटो प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । उपप्रमुख मीना पोखरेल उप्रेतीले विभिन्न समयमा आउने विभिन्नखाले महामारी रोग नियन्त्रणमा नगरका सरोकारवाला सबैको साथ र सहकार्य हुनुपर्नेमा जोड दिइन् । डेस्कमा बेडको पनि व्यवस्था रहेकाले अन्य खालका बिरामीले समेत प्राथमिक उपचार प्राप्त गर्न सक्ने उनको भनाइ । नगरपालिकाले यहीँबाट कोभिड १९ विरुद्घको खोप समेत उपलब्ध गराउने जानकारी उनले दिइन् । मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहाल, सशस्त्र प्रहरी बल नेपाल, बीओपी काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न दल, संघसंस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायी लगायतको सहभागिता थियो । हेल्थ हेल्प डेस्क स्थापनाका लागि मेचीनगर नगरपालिकाको पहलमा नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करीब ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

पठाओका ट्याक्सी चालकलाई स्वास्थ्य तालिम

मंसिर २३, काठमाडौं । राइड शेयरिङ कम्पनी पठाओ नेपालले स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै  ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर) लाई प्राथमिक उपचारसम्बन्धी तालिम दिएको छ । करीब ३०० जना क्याप्टेनलाई प्राथमिक उपचार र घाइते अथवा बिरामीलाई अस्पताल लग्दा अपनाउनुपर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन् । क्याप्टेनहरुलाई जीवन रक्षकका रुपमा स्वास्थ्यका कुरामा अझ सम्वेदनशील बनाउन कार्यक्रम गरिएको उनको भनाइ छ । ‘काठमाडौ उपत्यकामा अस्पताल पुग्नका लागि यात्रुहरुको पहिलो रोजाइ ट्याक्सी नै पर्ने गरेको छ । फेरि दुर्घटना लगायत कतिपय अवस्थामा बिरामीलाई गाडीमा राख्ने तरिका नमिल्दा झन् जटिल अवस्था हुनसक्छ,’ हमालले भनिन् ‘हामीसँग भएका स्वतन्त्र साझेदारहरूमा दोस्रो ठूलो संख्या पनि ट्याक्सीको नै छ । यसैले क्याप्टेनहरुलाई स्वास्थ संवेदनशीलताप्रति सजग गराउनु कर्तव्य ठानेर तालिम आयोजना गरिएको हो ।’ तालिममा बिरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायतको विषय समावेश गरिएको बताइएको छ । अनुभवी र यसै क्षेत्रसँग काम गरिरहेका त्रिवि शिक्षण अस्पतालका डाक्टर तथा इमर्जेन्सी हेल्थकेयर प्रोफेसनलद्वारा तालिम सञ्चालन गरिएको बताइएको छ ।

पठाओको जीवन रक्षा कार्यक्रम, तीनसय ट्याक्सी ड्राइभरलाई स्वास्थ्य प्रशिक्षण

स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड सेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर) हरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ ।  करिब तीनसय जना पठाओ ट्याक्सी ड्राइभरहरूलाई कम्पनीले प्राथमिक उपचार र घाइते अथवा विरामीलाई अस्पताल लग्दा अपनाउनुपर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । क्याप्टेनहरूलाई जीवन रक्षकका रुपमा स्वास्थका कुरामा अझ संवेदनशील बनाउन कार्यक्रम गरिएको हम

वास्तविक पहिरोमा छैन उद्धार, कृत्रिम पूर्वाभ्यासको नाटक!

सल्यान  :  ‘ऐया मरेँ बचाऊ बचाऊ, मत मरेँ बचाऊ बचाऊ’ भन्दै कोही कराइरहेका थिए भने कोही घाइेतलाई स्टेचरमा राखेर सुरक्षित स्थानतर्फ लाँदै थिए। सुरक्षा तयारीका साथ खटिएका स्वयंसेवकहरु घाइतेहरुलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थे। झट्ट हेर्दा शारदा नगरपालिका-८ सिमखर्कमा  ठूलै विपद आ...