पूर्वी नाकामा सुविधासम्पन्न हेल्थ डेस्क स्थापना

विराटनगर (अस) । काँकरभिट्टामा नवनिर्मित ‘हेल्थ हेल्प डेस्क’ सञ्चालनमा आएको छ । सुविधासम्पन्न र बेडसहितको डेस्कको नगर प्रमुख विमल आचार्यले बुधवार उद्घाटन गरेसँगै सञ्चालनमा आएको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ । सबै सीमाक्षेत्रमा स्वास्थ्य चेकजाँच गर्न नेपाल सरकारले धेरै वर्षदेखि स्वास्थ्य केन्द्र, चौकीहरू स्थापना गरेको भन्दै नगर प्रमुख आचार्यले औलो, कालज्वरो, दादुरा, पोलिया लगायत रोकथामका लागि यस्ता संरचना तयार गरिएको बताए । अहिले कोभिड १९ को ‘ओमिक्रोन’ भेरियन्टको संक्रमण सीमावर्ती बजारमा देखिएकाले त्यसको नियन्त्रणका लागि चिकित्सक र अन्य प्राविधिकसहितको टोलीको व्यवस्था गरिएको उनले बताए । उक्त नाकाबाट आवत–जावत गर्नेहरूका लागि एकद्वार प्रणाली अवलम्बन गर्न समेत नगरप्रमुख आचार्यले मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल (बीओपी काँकरभिट्टा)को ध्यानाकर्षण गराए । सुरक्षा, राजस्व चुहावट, विभिन्न आपराधिक गतिविधिका हिसाबले जाने र आउने अलग अलग बाटो प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । उपप्रमुख मीना पोखरेल उप्रेतीले विभिन्न समयमा आउने विभिन्नखाले महामारी रोग नियन्त्रणमा नगरका सरोकारवाला सबैको साथ र सहकार्य हुनुपर्नेमा जोड दिइन् । डेस्कमा बेडको पनि व्यवस्था रहेकाले अन्य खालका बिरामीले समेत प्राथमिक उपचार प्राप्त गर्न सक्ने उनको भनाइ । नगरपालिकाले यहीँबाट कोभिड १९ विरुद्घको खोप समेत उपलब्ध गराउने जानकारी उनले दिइन् । मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहाल, सशस्त्र प्रहरी बल नेपाल, बीओपी काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न दल, संघसंस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायी लगायतको सहभागिता थियो । हेल्थ हेल्प डेस्क स्थापनाका लागि मेचीनगर नगरपालिकाको पहलमा नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करीब ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

सम्बन्धित सामग्री

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै

पाथीभरा पदमार्गको दोबाटो पानी ट्याङ्की आसपासमा एक र तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा एक गरी दुई थप हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताए।

पाथीभरा जाने तीर्थालुलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिस्थल पाथीभरा(मुकुम्लुङ) दर्शन गर्ने तीर्थालुको सम्भावित चापलाई मध्यनगर गर्दै हेल्थ डेस्क स्थापना गर्ने देखि सो क्षेत्रका होटलहरुमा आवास तथा खानाको सहुलियतपूर्ण मूल्य निर्धारण गरिएको छ।...

रोल्पाको सामुदायिक विद्यालयमा ३ बेडसहित हेल्थ डेस्क

१२ भदौ, रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयमा तीन बेडको हेल्थ डेस्क स्थापना गरिएको छ । रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले तीन बेड सुविधासहितको हेल्थ डेस्क स्थापना गरेको हो । हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । विद्यालयले आफ्नै स्रोतबाट तलब सुविधा दिने गरी एक जना नर्स नियुक्त गरेको छ । […]

कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना

डोटी जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँ बढी भीडभाड हुने तथा प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा स्मार्ट हेल्थ डेस्क स्थापना गरिएको छ । दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा उक्त हेल्थ डेस्क स्थापना गरिएको हो । उक्त डेस्कमा कोभिड–१९ परीक्षण, कोरोनाविरुद्ध खोप सेवा, परामर्श सेवा उपलब्ध गराइएको नगरप्रमुख मञ्जु मलासीले …

धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना

जनकपुर -तीव्रगतिमा फैलिरहेको कोभिड-१९ सङ्क्रमणलाई मध्यनजर गर्दै भारतसँग जोडिएका धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतबाट सङ्क्रमित नेपाल भित्रिन सक्ने भन्दै सीमा जोडिएका धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवा, खजुरी गाउँपालिकाको महुवामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । यसबाहेक धनुषाको नगराइनस्थित जटही नाकामा हेल्थ […]

‘विरामीकाे साथी’ हेल्थ डेस्क स्थापना

काठमाडौं । सेन्टर फर मेडिकल सपोर्ट संस्थाले ‘विरामीको साथी’ हेल्थ डेस्क स्थापना गरेको छ । स्वास्थ्य सम्बन्धी परामर्श दिने उद्देश्यले डेस्कको स्थापना गरिएको हो । स्वास्थ्य समस्यामा परेका नागरिकलाई डेस्कले परामर्श दिनुका साथै चिकित्सकको बारेमा जानकारी पनि गराउनेछ । विरामीलाई आवश्यक परेको खण्डमा कुरुवाको पनि व्यवस्था गर्ने संस्थाले जनाएको छ । यो अभियानको संस्कृति तथा […]

सीमा नाकामा हेल्थ डेस्क स्थापना

नवलपरासी। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए। त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा गतबर्ष यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो। रासस

सीमा नाकामा हेल्थ डेस्क स्थापना

गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ ।

सीमा नाकामा हेल्थ डेस्क स्थापना

नवलपरासी। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए। त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा गतबर्ष यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो। रासस