नेपाल एयरहोस्टेस एकेडेमीका अध्ययनरत ५५ जना एयर होस्टेस दीक्षित

जेठ १२, काठमाडौं । नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययनरत १६, १७ र १८औं व्याचका ५५ जना एयर होस्टेस दीक्षित भएका छन् ।  काठमाडौंको हात्तिसारमा भएको एक ग्राजुएसन समारोहमा दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुको विमान परिचारिका बन्ने बाटो खुला भएको छ । उनीहरु सात महिना पहिले एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकाडेमीमा अध्ययन गर्न आएका हुन् । विगत ७ महीनाको प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीको लागि सक्षम बनेका नेपाल एयर होस्टेस एकेडेमीका डाइरेक्टर रेजिना तुलाधरले जानकारी दिएका छन् ।  ग्राजुएसन समारोहमा नेपाल एयर होस्टेस एकाडेमीका चिफ इन्सटक्टर गौरी कला थापा, भारतीय मूलकी अन्तरराष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, पर्सनालिटी प्रशिक्षक रोजिन शाक्य तथा संस्थाका अध्यक्ष प्रदीपराज वन्तको समेत सहभागिता रहेको थियो ।  कार्यक्रममा सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्रका साथै तथा हरेक व्याचका उत्कृष्ट विद्यार्थीलाई मेडलसमेत प्रदान गरिएको थियो । संस्थाका डाइरेक्टर रेजिना तुलाधरले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुले विमान परिचारिका जस्तो महत्वपूर्ण क्षेत्रमा लगानी गरेर युवाहरुलाई शिक्षा प्रदान गर्नु आफैँमा महत्वपूर्ण रहेको भन्दै प्रसंसा गरे । उनीहरुले पढ्नुपर्ने विषयमा विमानको इतिहास र प्रकार, यात्रु सुरक्षा, यात्रु सत्कार, फायर फाइटिङ रहेको छ । यस्तै उक्त विषय पढ्दा विभिन्न विषयवस्तुलाई फोकस गरिन्छ । जस्तै ड्रेस र मेकअप, फुड सर्भिस, प्राथमिक उपचार विधि, व्यक्तित्व विकास, आत्मरक्षा, पौडीलगायतका विषयलाई बढी प्रार्थमिकताका साथ शिक्षा प्रदान गरिन्छ ।  उनीहरुले विमानस्थल, विमान कम्पनी, एयरपोर्ट लन्च, ग्राउन्ड होस्टेस, कर्पोेरेट कार्यालय, ट्राभल एजेन्सीलगायत विभिन्न कार्यालयमा फ्रन्ट डेक्समा सजिलै काम गर्न सक्छन् ।  विमान परिचारिकाले यात्रुको सत्कार गर्ने, यात्रुको सुरक्षाको अनुभूति दिलाउने, यात्रुको कमाण्ड लिने, यात्रुलाई अप्ठ्यारो समयमा सान्त्वना दिने, सूचना प्रवाह गर्ने, मौसमसम्बन्धी जानकारी दिने, परिचयपत्र चेकजाँच गर्ने लगायतका कार्य गनुपर्ने हुन्छ ।  राष्ट्रिय उडानमा मासिक न्यूनतम ३० हजारदेखि ८० हजारसम्म कमाइ हुन्छ भने अन्तरराष्ट्रिय उडानमा मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म पनि कमाइ हुने बताइएको छ ।  एयर होस्टेसलाई नेपालमा मात्रै नभई विदेशमा समेत रोजगारीको अवसर रहेको तुलाधर बताए ।

सम्बन्धित सामग्री

बुर्काको बन्देजबाट निस्किएर पूरा भएको आइशाको आकाशमा उड्ने सपना

विराटनगर : सुनसरी सोनापुरकी २२ वर्षीया आइशा खातुनका  लागि परिवारको दर्बिलो साथ नहुँदो हो त एयर होस्टेस बनेर उड्ने सपना पूरा गर्न लगभग असम्भवजस्तै हुन्थ्यो होला। मुस्लिम समुदायमा महिलाहरुका लागि  धार्मिक, सांस्कृति बन्धनका पर्खाल भत्काएर स्वतन्त्र पखेटा फिँजाएर आफूले ताकेको लक्ष्यको आकाश चुम्न अन्य समुदायको दाँजोमा धेरै सकस बेहोर्नुपर्छ।तर शरीर ढाक्ने पहिरन, अनुहार ढाक्ने बुर्कासँगै आफ्नो सपना पछ्याएकी आइशा यती एयरलायन्सको जहाजमा एयर होस्टेस (परिचारिका) को

एयर होस्टेस पढेकी द्रोपती कुखुरापालन व्यवसायमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीकी किशोरी द्रोपती कुँवर ‘एयर होस्टेस’ हुन् । तीन वर्षअघि फ्लाई

एयर होस्टेस विधामा ५५ जना दीक्षित

काठमाडौं- नेपाल एयर होस्टेस एकेडेमीमामा अध्ययन गरेका ५५ जना एयर होस्टेस बिहीबार दीक्षित भएका छन् । सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८औँ ब्याचका युवतीलाई दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुलाई विमान परिचारिका बन्ने अवसर खुलेको छ । सात महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीका लागि सक्षम बनेको सो एकेडेमीका निर्देशक रेजिना तुलाधरले भनाई राखिन् […]

कसरी बन्ने एयर होस्टेस ?

काठमाडौं । विमान परिचारिका अर्थात् एयर होस्टेस । आफैंमा लोभलाग्दो पेशा हो यो । आकाशमा सयर गर्ने यो पेशा जति  रोमाञ्चक छ, उत्तिकै जिम्मेवार पनि । अर्को आकर्षक कुरा त के छ भने, क्षणक्षणमै भिन्न हावापानी अनुभव गर्न सकिने । भिन्न भूगोल टेक्न पाइने । त्यसमाथि उचित सेवा-सुविधा त छँदैछ । यस्तो पेशा कसले अपनाउन […]

मिस एयरहोस्टेसको छनोट चरण सकियो

विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको सिजन मिडियाले मिस एयर होस्टेस–२०२१ को पाँचौँ संस्करणको छनोट चरण सम्पन्न गरेको छ । उपत्यकासहित मोफसलका विभिन्न एयरहोस्टेस तालिम केन्द्रका प्रशिक्षार्थी र तालिम सकेर जागिरको...

जब एयरहोस्टेस विमानस्थलभित्र नाच्न थालिन्

सामाजिक सञ्जालमा स्पाइसजेटकी एयर होस्टेसको एउटा भिडियो निकै भाइरल भइरहेको छ । स्पाइसजेटकी एयर होस्टेस विमानस्थलभित्रको खाली ठाउँमा नृत्य गरिरहेको देख्न सकिन्छ ।  स्पाइसजेटकी एयर होस्टेस उमा मीनाक्षी ‘लेजी लड’ गीतमा नाचिरहेकी छन् । यसअघि पनि उनले कैयौ गीतमा गरेको भिडियो भाइरल भइसकेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो गीतलाई निकै रुचाएका छन्।            View this post on Instagram        ...

अनुशा मिस एयर होस्टेस

मिस एयर हस्टेस इन्टरनेसनलको उपाधि अनुशा कार्कीले जितेकी छिन्।राजधानीमा हालै सम्पन्न प्रतियोगितामा अनुशाले मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्ट उपाधि पनि आफ्नो बनाइन्। प्रतियोगितामा इभा जैसवाल फस्ट र प्रिया गुरुङ सेकेन्ड रनर्सअप भए। नाट कलेजको आयोजना र कृजोना मिडिया ग्रुपको इभेन्ट व्यवस्थापनमा भएको दोस्रो संस्करणको प्रतियोगितामा प्रिया गुरुङ बेस्ट वाक र यति एयरलाइन्सको जागिर विजेता भइन् […]

एयर होस्टेस प्रशिक्षणमा छात्रवृत्ति कार्यक्रम घोषणा

एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी (एएनएसटी) ले संगठनको पाँचौं वार्षिकोत्सवमा एयर होस्टेस प्रशिक्षणका लागि पूर्ण र आंशिक छात्रवृत्ति घोषणा गरेको छ ।कम्पनीका महाप्रबन्धक दिवस पोखरेलका अनुसार एभियट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी (एएनएसटी) ले योग्य विद्यार्थीहरूका लागि एयरहोस्टेस प्रशिक्षणमा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । यो छात्रवृत्तिले विद्यार्थीहरूलाई उड्डयन महत्वाकांक्षा प्राप्त गर्न मद्दत गर्छ । त्यो […]

‘मिस एयर होस्टेस २०१७’ को ताज धरानकी रिवा लिम्बुलाई

'मिस एयर होस्टेस २०१७' को ताज धरानकी १९ वर्षीय रिवा लिम्बुले जितेकी छन्। उनले ३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै 'मिस एयर होस्टेस २०१७' को ताज आफ्नो शिरमा पहिरिएकी हुन्। जितसँगै लिम्बुले २५ हजार नगद रुपैयाँ र वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख बराबरको छात्रावृत्ति प्राप्त गरेकी छन्। साथै उनले एभीयसन म्यूजीएममा हालको…