स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड सेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर) हरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ । करिब तीनसय जना पठाओ ट्याक्सी ड्राइभरहरूलाई कम्पनीले प्राथमिक उपचार र घाइते अथवा विरामीलाई अस्पताल लग्दा अपनाउनुपर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । क्याप्टेनहरूलाई जीवन रक्षकका रुपमा स्वास्थका कुरामा अझ संवेदनशील बनाउन कार्यक्रम गरिएको हम