बेल्जियमले अहिले आफू शान्त र संयमित रहेको देखाइरहेको छ, तर टोलीलाई चर्को डर के छ भने कतै युरो च्याम्पियनसिपमा चुनौती समाप्त हुने त होइन ? आफ्नो पहिलो खेल गुमाएपछि बेल्जियमले अब शनिबार रोमानियाको सामना गर्दै छ । समूह ‘ई’ मा बेल्जियम सुरुमै स्लोभाकियाको हातबाट १–० ले पराजित भएको थियो ।