नेकपा एमालेका नेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट जन्मिएकाले केही काम गर्न नसक्ने बताएका छन् ।सोमबार युवा संघ नेपालले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले ५० दिन पुगिसक्दा पनि मन्त्रिमण्डल समेत विस्तार गर्न नसकेबाटै सरकारको क्षमता बुझ्न सकिने बताए ।‘सर्वोच्चको आदेशबाट जन्मिएको सरकार ५० दिन नाघिसक्दा पनि मन्त्रिमण्डल विस्तार भएको छैन । सरकार विस्तार गर्दा सरकार नै ढल्छ कि भन्ने डर र दल फुट्ने डर छ । यो कस्तो अचम्म ?