काठमाण्डौ – काठमाण्डाै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ ।
शनिवार काठमाण्डौमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि याे योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
उहाँले काठमाण्डाै महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर ...