काठमाण्डौ महानगरको उपमेयरमा सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले अगाडि

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेलाई अग्रता छ ।  पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले अगाडि हुनुहुन्छ । उहाँले अहिलेसम्म ९ हजार ४ सय २१ मत पाउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६ सय ६४ मत ल्याउनु भएको छ ।