कर्णाली प्रदेशसभामा ४ जना सांसदको पद रिक्त

काठमाडौं। कर्णाली प्रदेशमा दैलेखको क्षेत्र नम्बर १ 'ख', कालीकोट 'क' डोल्पा 'क', सल्यान १ 'ख'को सांसद पद रिक्त भएको छ। आजको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले एमालेले दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाएपछि उक्त स्थान रिक्त भएको हो। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दिस‌िंह बुढा र कुर्मराज शाही कारबाहीमा परेका हुन्।

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभामा ‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसदको पद रिक्त

कर्णाली प्रदेशमा माओवादी नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई जोगाउन ‘फ्लोर क्रस’ गरेका ४ जना सांसदको पद रिक्त भएको छ ।कर्णाली प्रदेश सभाको सोमवार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले ४ सांसदको पद रिक्त भएको सूचना पढेर सुनाएका थिए । कर्णाली सरकारमा सहभागी मन्त्रीत्रय अम्बर थापा, नन्द...