कर्णाली प्रदेशसभा : फ्लोर क्रस गर्ने ४ सांसद पद के हुन्छ?

काठमाडौँ। कर्णाली प्रदेशमा पार्टीको ह्‍विपविपरीत महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने चार सांसदको पद खारेज हुन सक्नेछ। राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ मा पार्टीले ह्‍विप लगाउने र सो ह्‍विप सबै सदस्यले पालना गर्नुपर्ने उल्लेख छ। निर्देशन पालना नगर्ने सांसदको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिने व्यवस्था छ।

सम्बन्धित सामग्री

कर्णालीका चार नेतालाई उपचुनावमा जिताउने जिम्मा मेरोः माधवकुमार नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशसभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरूलाई पुनः जिताएर ल्याउने बताएका छन्। मंगलबार अनेरास्ववियुको एक कार्यक्रममा बोल्दै नेपालले कर्णालीका नेताहरूले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेकाले उपनिर्वाचन भएमा जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताए। महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा परेका छन्।