‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

काठमाडौं : ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको हो।शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो।एमाले प्रमुख सचेतक गुलावजंग शाहले दलको बैठकले चार सांसदको पार्टी साधारण सदस्य नरह