नेकपा एमालेले कर्णाली प्रदेशमा कारवाही गरेका सांसदको पद यथावत राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सांसद नन्दसिंह बुढा समेतले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले बिहीवार पद यथावत राख्न आदेश दिएको हो ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेले आफ्ना सांसदलाई कारवाही गरेको थियो । एमालेले सांसदहरू अम्मरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही गरेर पदमुक्त गरेको थियो ।
सर्वाेच्चले स्पष्टीकरण सोध्ने र कारवाहीको निर्णय गर्ने अ...