निष्क्रिय कर्जा ‘अस्वाभाविक’ कम

वित्तीय संकटका बाबजुद वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात घटेको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात सात वर्षयताकै न्यून देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनका...

सम्बन्धित सामग्री

आरएसडीसी लघुवित्तको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

४ माघ, काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफामा १२ प्रतिशत कमी आउनुमा खुद ब्याज […]

मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा ह्वात्तै बढ्यो

१७ कात्तिक, काठमाडौं । मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा ह्वात्तै बढेको छ । बैंकले ऋणीबाट समयमा उठाउन नसकेको कर्जालाई निष्क्रिय कर्जाले जनाउँछ । लक्ष्मी सनराइज बैंकको यस्तो निष्क्रिय कर्जा कुल कर्जामा ४.६९ प्रतिशत अर्थात् ११ अर्ब ६३ करोड रुपैयाँ बराबर पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा कुल कर्जामा १.७२ […]

चुलियो लघुवित्तको निष्क्रिय कर्जा

१४.२१ प्रतिशतसम्म पुग्यो लघुवित्तको निष्क्रिय कर्जा, लघुवित्त बैंकर भन्छन्– गाउँमा कर्जा उठाउने वातावरण छैन चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमाससम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात चुलिएको छ । ५५ लघुवित्त...

ऋण नउठ्दा बैंकहरुको नाफा प्रभावित, निष्क्रिय कर्जा ह्वातै बढ्यो

७ वैशाख, काठमाडौं । निष्क्रिय कर्जा बढ्दाको प्रभाव बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा परेको छ । अर्थतन्त्रमा देखिएको शिथिलताले कर्जा असुलीमा समस्या हुँदा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा असर परेको छ । सञ्चालनमा रहेको सबै वाणिज्य बैंकको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि हुँदा पनि नाफामा भने त्यसको प्रभाव देखिन सकेन […]

लघुवित्त संस्थाको निष्क्रिय कर्जा बढ्दै

१ चैत, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को ६ महिनामा नै लघुवित्त संस्थाको निष्क्रिय कर्जा अनुपात औसतमा नै भारी वृद्धि भएको छ । कर्जामा डुब्लिकेसन साथै आर्थिक गतिविधिमा देखिएको मन्दीले लघुवित्त संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ । २०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएर […]

सुधारिएको ब्याजदर र बढ्दो निष्क्रिय कर्जा

‘साँचो डग्दैन, झूटो टिक्दैन,’ बैंकिङ उद्योगमा यो भनाइले मेल खाने हुँदा नामदेखि कामसम्म सफलता प्राप्त गर्न यस उक्तिलाई आत्मसात् गरी व्यावसायिक कुशलताका लागि बैंकिङ कारोबारलाई बलियो बनाउनुपर्छ । बैंकिङ प्रणालीमा निक्षेप परिचालन र कर्जा प्रवाहमा सन्तुलन कायम गरी प्रणालीको विकास, विस्तार र संवद्र्धनका लागि गुणस्तरीय कर्जा, सन्तुलित ब्याजदर र न्यूनतम निष्क्रिय कर्जा नै प्रणालीको सुरक्षा […]

बैंकहरुको ब्याजदर महँगिदो, निष्क्रिय कर्जा बढ्दो

१४ कात्तिक काठमाडौं । बढ्दो ब्याजदर, लगानीयोग्य स्रोतको अभाव जस्ता कारणले बैंकहरुको निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०७९/८० को प्रथम त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये २३ बैंकको निष्क्रिय कर्जा  अनुपात बढेको छ । आव […]

२७% ले घट्यो निष्क्रिय कर्जा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकको निष्क्रिय कर्जा औसतमा २७ प्रतिशतले घटेको छ । वाणिज्य बैंकहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालू आवको असोज मसान्तसम्म वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा १ दशमलव १७ प्रतिशत छ, जुन गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ४४ प्रतिशत विन्दुले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा औैसतमा १ दशमलव ६१ प्रतिशत रहेको थियो । कोरोना संकटका कारण गत आवमा बैंकहरूको निष्क्रिय कर्जा बढ्न गएको थियो । विशेषगरी कोरोनाले व्यवसायहरू प्रभावित भएपछि ऋणीहरूले कर्जाको किस्ता तिर्न सकेका थिएनन् । फलस्वरूप निष्क्रिय कर्जा पनि बढेको थियो । तर, अहिले भने निष्क्रिय कर्जा ≈वात्तै घटेको छ । कोरोना विपद् सामान्य भएर आर्थिक गतिविधि बढ्न थालेपछि खराब कर्जा घटेको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा सानिमा बैंकका सीईओ भुवन दाहालले कोरोना विपद् सामान्य भएर आर्थिक गतिविधि बढेपछि खराब कर्जा घटेको बताए । समीक्षा अवधिमा निष्क्रिय कर्जामा अत्यन्त राम्रो सुधार देखिएको उनको भनाइ छ । ‘कोरोना विपद्का कारण आर्थिक गतिविधि कमजोर हुँदा पहिला ऋणीहरूले कर्जाको किस्ता तिर्न सकेका थिएनन् । तर, अहिले कोरोना विपद् सामान्य हुँदै गएर आर्थिक गतिविधि बढ्न थालेको छ । फलस्वरूप ऋणीहरूले पनि कर्जाको किस्ता तिर्न थालेका छन्, त्यसको असरले निष्क्रिय कर्जा घटेको हो,’ दाहालले भने । यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कोरोना प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनर्तालिकीकरण, पुनःसंरचना गर्न भनेको थियो । सोहीअनुसार बैंकहरूले पनि सम्बद्ध कर्जाहरूलाई पुनर्तालिकीकरण तथा पुनःसंरचना गरेका छन् । त्यसकारण पनि बैंकहरूको निष्क्रिय कर्जा घटेको सीईओ दाहालको भनाइ छ । वाणिज्य बैंकहरूले निष्क्रिय कर्जाअन्तर्गत ब्याड, सबस्ट्यान्डर्ड र डाउटफुल प्रकृतिका कर्जा समावेश गर्दै आएका छन् । गुड लोन र वाच लिस्टअन्तर्गतको कर्जा भने यसमा समावेश हुने गरेका छैन । समग्रमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा घटे पनि ४ बैंकको भने बढेको छ । नबिल, माछापुच्छ्रे, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको निष्क्रिय कर्जा बढेको वित्तीय विवरणमा देखिन्छ । माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा ०.५ प्रतिशत रहेको छ । गत आवको समीक्षा अवधिमा सिटिजन्सको निष्क्रिय कर्जा १ दशमलव ४३ प्रतिशत थियो । तर, अहिले त्यो बढेर १ दशमलव ९१ प्रतिशत पुगेको छ । यस्तै, गत आवको समीक्षा अवधिमा शून्य दशमलव ४ प्रतिशत रहेको एनआईसी एशियाको निष्क्रिय कर्जा अहिले शून्य दशमलव ४९ प्रतिशत पुगेको छ । यस्तै, गत आवको समीक्षा अवधिमा शून्य दशमलव ६५ प्रतिशत रहेको नबिल बैंकको यस्तो कर्जा अहिले १ दशमलव १३ प्रतिशत पुगेको छ । यसैगरी नेपाल एसबीआईको निष्क्रिय कर्जा शून्य दशमलव १७ प्रतिशतमा नै सीमित रहेको देखिन्छ । समीक्षा अवधिमा सानिमा बैंकको सबैभन्दा थोरै निष्क्रिय कर्जा रहेको छ । उक्त बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ११ प्रतिशत मात्र रहेको छ । दोस्रो नम्बरमा रहेको एभरेष्ट बैंकको निष्क्रिय कर्जा शून्य दशमलव  १३ प्रतिशत रहेको छ । यसैगरी नेपाल एसबीआई बैंकको निष्क्रिय कर्जा शून्य दशमलव १७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा १४ बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम रहेको वित्तीय विवरणमा उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंकको भने सबैभन्दा बढी निष्क्रिय कर्जा देखिएको छ । उक्त बैंकको निष्क्रिय कर्जा ३ दशमलव ०१ प्रतिशत रहेको छ ।

तेस्रो त्रैमाससम्ममा १९ वाणिज्य बैंकको निष्क्रिय कर्जा नियन्त्रणमा

काठमाडौं, बैशाख २३ । अधिकांश व्यवसाय क्रमशः विस्तार हुन थालेपछि अधिकांश वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) नियन्त्रणमा आएको छ ।आर्थिक वर्ष २०७६/७७ चैतको तुलनामा २०७७/७८ को सोही अवधिमा समग्र बैंकहरूको एनपीएल औसत शून्य दशमलव २८ प्रतिशत विन्दुले घटेर औसत १ दशमलव ३८ प्रतिशतमा सीमित रहेको छ । गत आवको यही अवधिमा एनपीएल औसत १ दशमलव […]