बैंकहरुको ब्याजदर महँगिदो, निष्क्रिय कर्जा बढ्दो

१४ कात्तिक काठमाडौं । बढ्दो ब्याजदर, लगानीयोग्य स्रोतको अभाव जस्ता कारणले बैंकहरुको निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०७९/८० को प्रथम त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये २३ बैंकको निष्क्रिय कर्जा  अनुपात बढेको छ । आव […]

सम्बन्धित सामग्री

ब्याजदर घटेको घट्यै, छैन कर्जा माग

बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घटिरहे पनि अपेक्षित रूपमा कर्जा माग नहुँदा बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । रेमिट्यान्स बढिरहँदा निक्षेप थपिइरहेको छ, कर्जा प्रवाह सुस्त छ भने भाका नाघेको कर्जा असुली नहुँदा बैंकहरूको खराब (निष्क्रिय) कर्जा बढेको छ । यसले समग्रमा बैंकको नाफा घटिरहेको तथ्यांकहरूले देखाएका छन् ।

नेपालका बैंकहरूमा सर्वसाधारणको पैसा सुरक्षित छ ?

बैंकिङ क्षेत्रप्रति नकारात्मक धारणा फैलाउँदै आएका केही व्यक्ति र समूहले एउटा वाणिज्य बैंक डुब्दैछ, पैसा झिक्नुस् भनेर नामै तोकेर भनेपछि त्यो बैंकबारे बुझ्ने निक्षेपकर्ताको संख्या बढेको पाइयो ।

स्प्रेड रेट व्यवस्थापन गर्दा २५ प्रतिशतले बढायो सानिमा बैंकले नाफा

१९ साउन काठमाडौं । समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्था प्रोभिजन रकम पनि बढ्दै गएको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा सानिमा बैंकको प्राभिजन रकम बढ्दा पनि नाफा उलेख्य बढेको छ । व्यवसाय उल्लेख्य विस्तार नभएपनि बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) लाई व्यवस्थापन गर्दा खुद ब्याज आम्दानीमा उल्लेख्य […]

आठ महीनामा लघुवित्तका साढे २ सय ऋणी कालोसूचीमा

काठमाडौं । चालू आर्थिक वर्षको ८ महीनामा लघुवित्त वित्तीय संस्थाका साढे २ सयभन्दा बढी ऋणी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । लघुवित्तले चर्को ब्याज लिएको भन्दै ऋण नतिर्ने आन्दोलन चर्किंदै गएका बेला तिनै संस्थाको सिफारिशमा केन्द्रको कालोसूचीमा पर्ने ऋणीको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्तहरूले चालू आर्थिक वर्ष (आव) देखि केन्द्रमा ऋण लगानीको सूचना आदानप्रदान गर्न थालेका हुन् । लघुवित्तहरूले ५ लाख रुपैयाँभन्दा बढीको कर्जा नतिर्ने ऋणीलाई कालोसूचीमा राख्न सिफारिश गर्नुपर्ने व्यवस्था छ । संस्थाले चाहेमा ५ लाख रुपैयाँभन्दा कम कर्जा लिने ऋणीलाई पनि कालोसूचीमा राख्न सिफारिश गर्न सक्छन् । यही व्यवस्थाअनुसार लघुवित्त वित्तीय संस्थाहरूको सिफारिशमा गत साउनदेखि फागुनसम्ममा २ सय ६० ऋणी कालोसूचीमा परेका हुन् । केन्द्रले प्रकाशित गरेको तथ्यांकअनुसार साउनमा १ र भदौमा ३ जना मात्र ऋणी कालोसूचीमा रहेकोमा त्यसपछि भने बढ्दै आएको छ । असोजमा १५, कात्तिकमा ४२, मङ्सिरमा ५३, पुसमा ९७, माघमा १९ र फागुनमा ३० जना ऋणी कालोसूचीमा परेको केन्द्रले जानकारी दिएको छ । सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक, वित्तीय संस्थामा खाता खोल्न र ऋण लिन पाउँदैनन् । कालोसूचीका व्यक्तिले कर्जाको सम्पूर्ण साँवाब्याज भुक्तानी गरेपछि कालोसूचीबाट हटाउन सम्बद्ध संस्थाले सूचना केन्द्रलाई सिफारिश गर्नुपर्ने व्यवस्था छ । लघुवित्तमा देखिएको कर्जाको दोहोरोपना र ऋण दुरुपयोग हटाउन राष्ट्र बैंकले २ वर्षअघि लघुवित्तहरूलाई केन्द्रमा सदस्य बन्न र सूचना आदानप्रदान गर्न निर्देशन दिएको थियो । सोहीअनुसार लघुवित्तले कर्जा प्रवाह, पुरानो कर्जा नवीकरण, पुनःसंरचना वा पुनर्तालिकीकरण गर्नुअगावै ऋणी/ग्राहकबारे केन्द्रबाट अनिवार्य रूपमा कर्जा सूचना लिनुपर्ने र ऋण नतिरेका खराब ऋणीलाई केन्द्रको कालोसूचीमा राख्न सिफारिश गर्नुपर्ने प्रावधान छ । राष्ट्र बैंकको निर्देशनअनुसारै सबै लघुवित्तले सूचना केन्द्रको सदस्य भई ऋण लगानीको सूचना आदानप्रदान गरिरहेको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताए । ‘अहिले सबै लघुवित्तको कर्जा लगानीको सूचना केन्द्रमा पठाउँछौं,’ उनले भने, ‘सबै संस्थाले सूचना आदानप्रदान गर्न थालेपछि कालोसूचीमा पर्ने खराब ऋणीको संख्या पनि बढ्न थालेको छ ।’ ग्राहकले ऋणको किस्ता तिर्ने क्षमतामा कमी आएको भन्दै ऋण मिनाहाको मागसहित शुरू गरेको आन्दोलनका कारण लघुवित्तहरूको असुली प्रभावित भएपछि संस्थाहरूको निष्क्रिय कर्जा बढिरहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा ४ दशमलव ६८ प्रतिशत पुगेको छ । २०७८ पुसमा लघुवित्तहरूको निष्क्रिय कर्जा २ दशमलव ९४ प्रतिशत थियो । हाल ६४ ओटा लघुवित्त संस्थाले १ हजार ३ सय ८१ ओटा समूह बनाएर ५९ लाख ८८ हजारलाई वित्तीय सेवा दिइरहेका छन् । तीमध्ये ३२ लाख ६० हजार सदस्यले ऋण लिएका छन् । बैंक, वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्ने गरीब, विपन्नको समूह निर्माण गरी  लघुवित्तले सामूहिक जमानीमा तथा विनाधितो ऋण दिँदै आएका छन् । लघुवित्तहरूले प्रतिसदस्य सामूहिक जमानीमा ७ लाख रुपैयाँसम्म र सम्पत्ति धितोमा १५ लाख रुपैयाँसम्म लगानी गर्न पाउने व्यवस्था छ । तर, लघुवित्तहरूले विपन्नलाई आवश्यकताभन्दा बढी ऋण दिएकाले तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै आलोचना भइरहेको छ । यसैलाई ध्यानमा राखेर राष्ट्र बैंकले फागुन १० गते निर्देशन जारी गरी एक व्यक्तिले एउटा मात्र संस्थाबाट ऋण लिने पाउने र लघुवित्तबाट ऋण लिएकाले बैंक, वित्तीय संस्थाबाट लिन नपाउने व्यवस्था गरेको छ । यसैगरी लघुवित्तको लाभांश वितरणमा पनि केन्द्रीय बैंकले कडाइ गरेको छ । वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतमाथि प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्ने निर्देशन छ ।

सुधारिएको ब्याजदर र बढ्दो निष्क्रिय कर्जा

‘साँचो डग्दैन, झूटो टिक्दैन,’ बैंकिङ उद्योगमा यो भनाइले मेल खाने हुँदा नामदेखि कामसम्म सफलता प्राप्त गर्न यस उक्तिलाई आत्मसात् गरी व्यावसायिक कुशलताका लागि बैंकिङ कारोबारलाई बलियो बनाउनुपर्छ । बैंकिङ प्रणालीमा निक्षेप परिचालन र कर्जा प्रवाहमा सन्तुलन कायम गरी प्रणालीको विकास, विस्तार र संवद्र्धनका लागि गुणस्तरीय कर्जा, सन्तुलित ब्याजदर र न्यूनतम निष्क्रिय कर्जा नै प्रणालीको सुरक्षा […]

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५ अर्ब २१ करोड

नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित गरेको छ । बैंकले यस अवधिमा रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो । आ.व. २०७८÷७९ को बैंकको खुद ब्याज आम्दानी रु. ९ अर्ब ६७ करोड (गत वर्ष रु. ८ अर्ब २४ करोड), कुल संचालन आम्दानी रु. ११ अर्ब २७ करोड (गत वर्ष रु. ९ अर्ब ७६ करोड), संचालन नाफा रु. ७ अर्ब १ करोड (गत वर्ष रु. ५ अर्ब ९ करोड), कुल समग्र आम्दानी रु. ३ अर्ब ८ करोड (गत वर्ष रु. ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा रु. ३ अर्ब ३ करोड  रहेको छ । २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७८÷७९ मा बैैंंकको शेयरधनी कोष रु. ४ अर्ब ८१ करोडले वृद्धि भई रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु.१९ अर्ब रुपैंयाले वृद्धि भई रु. ३ खर्ब २९ अर्ब पुगेको छ ।२०७९ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर  ४.२९ प्रतिशत, कोषको लागत दर६.०१ प्रतिशत तथा प्रतिशेयर आम्दानी रु.३४.९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको बैंकले जनाएको छ ।

मौद्रिक नीतिले पार्न सक्ने प्रभावबारे बैंकर डा. बुद्धि मल्लको लेख

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकहरुमा लामो समयदेखि लगानीयोग्य रकमको अभाव भईरहेको र बिदेशी मुद्रा सञ्चितिमा कमि भईरहेको, शेयर बजार पनि घटिरहेको अवस्थामा कसिलो मौद्रिक नीति ल्याउने अपेक्षा बिच आएको मौद्रिक नीतिले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै, उत्पादनशील क्षेत्रमा प्रवाह गराई आर्थिक बृद्धिमा सहयोग पुर्याउनु मौद्रिक नीतिको कार्यदिशा राखेको छ । मौद्रिक नीतिको सारंश १. निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने प्रक्षेपण ।२. ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्दै ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पु¥याउने ।३. शेयर कर्जा एउटा वा समग्र संस्थाबाट १२ करोड कर्जा पाईने ।४. कोरोनाको कारणले स्थिगित गरिएको काउन्ट साईक्लिकल बफर २ प्रतिशत २०८० असार मसान्तसम्म कार्यान्वयनमा लैजाने ।५. कर्जा बृद्धि भन्दा पनि उत्पादनशिल कर्जा बृद्धि गर्न जोड दिईने ।६. कोभिडको कारणले दिईएका सहज नियमाकिय ब्यवस्थालाई कटौति गर्दै बिवेकशिल नियमाकिय ब्यवस्था लागु गर्ने ।७. कृषि, उत्पादाशिल क्षेत्र, निर्यात तथा कोभिडबाट अति प्रभावित क्षेत्रलाई पुनरकर्जा उपलब्ध गराईने ।८. निश्चित उत्पादनशिल क्षेत्र र अन्य ब्यापारिक कर्जाको ब्याजदर अन्तर कायम गरिने ।९. साना, घरेलु, लघु तथा मध्यम उद्यमहरुको लागि कर्जा पहुँच बढाउने ।१०. डिजिटाइजेसन मार्फत वित्तीय साक्षरता, वित्तीय पहुँच र वित्तीय समावेशितामा जोड ।११. ब्याजदर करिडोर अन्तर्गतको दरलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंकदर ८.५ प्रतिशत गरिएको ।१२. बैंक तथा बित्तिय संस्थाहरुलाई तोकेको ऋणपत्रको धितोमा अधिकतम ५ दिनसम्म अवधिको स्थायी तरलता सुविधा बैंक दरमा उपलव्ध गराइने ।१३. अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पु¥याइने ।१४. वैधानिक तरलता अनुपातलाई वृद्धि गरी २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीरुले १० प्रतिशत पु¥याउनु पर्ने व्यवस्था गरिने ।१५. बाणिज्य बैंकहरु र लघुबित्तहरु २०७९ पौष मसान्तभित्र एकिकृत कारोवार गरेमा मात्र मर्जर सम्बन्धि पाउने छुटहरु पाउने र शेयर कारोवार पनि रोक्का नहुने ब्यवस्था मिलाउने ।१६. ऋणपत्रहरुलाई २०८० असार मसान्तसम्म कर्जा निक्षेप अनुपातमा गणना गर्न पाईने ।१७. ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने ।१८. २ करोडसम्मको बिभिन्न उत्पादनशिल क्षेत्र कर्जामा २ प्रतिशतसम्म मात्र प्रिमियम लिन पाउने ।१९. प्रयोजन नखुलेका ब्यक्तिगत कर्जामा कडाई, काठमाण्डौ भित्र मुल्याङकनको ३० प्रतिशत र बाहिर ४० प्रतिशतसम्म मात्रै लगानी गर्न पाईने ।२०. सहकारीहरुको नियमनको लागि सहजिकरण र प्रभावकारी सुपरिवेक्षणको लागि सहयोगी भूमिका खेल्ने ।२१. विप्रेषण भित्र्याउन सहज ब्यवस्था मिलाउने ।२२. विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गर्न पाउने ।।मौद्रिक नीतिले पार्नसक्ने प्रभाव१. कर्जाको बृद्धिदर १२.६ प्रतिशतको मात्रै प्रक्षेपण गरिएकोले ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हांसिल गर्न चुनौति देखिन्छ ।२. अनिवार्य नगद अनुपातमा १ प्रतिशतले बृद्धि गरेकोले बैंक तथा बित्तिय संस्थाहरुले थप ५० अर्ब भन्दा बढि रकम जम्मा गर्नुपर्ने भएकोले बैंक तथा बित्तिय संस्थाहरुको आम्दानी घट्ने ।३ मर्जरको सुविधा पाउने समय पौष मसान्तसम्म कारोवार गरेमा पाउने ब्यवस्था गरेकोले थप केहि बैंक र लघुबित्तहरु मर्जरमा जाने सम्भावना, मर्जरमा जाने कम्पनीहरुको शेयर कारोवार रोक्का नहुने ब्यवस्थाले शेयर धनीहरुलाई राहत ।४. ऋणपत्रलाई कर्जा निक्षप अनुपातमा २०८० असारसम्म गणना गर्नपाउने ब्यवस्थाले बैंक तथा बित्तिय संस्थाहरुलाई केहि समयको लागि राहत तर, त्यसपछि गणना गर्न नपाउने भएकोले बैंक तथा बित्तिय संस्थाहरुले अहिलेको अनुपात हेरेर ढुक्कसंग लगानी गर्ने अवस्था नरहेको ।५. उत्पादनशिल क्षेत्र कर्जा र अन्य ब्यापारिक कर्जाको ब्याजदरमा अन्तर गर्ने ब्यवस्थाले उत्पादनशिल क्षेत्र कर्जालाई प्रोत्साहन मिल्ने तर, यस्ता बिभिन्न क्षेत्रहरुको कर्जाको ब्याजमा २ करोडसम्म आधार दरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम लिन पाउने ब्यवस्थाले बैंकको मुनाफामा नकरात्मक असर पर्ने ।६. ब्याजदर कोरिडोरमा १.५ प्रतिशतको बृद्धिले ब्याज बढ्न गई कर्जाको निष्क्रिय कर्जा समेत बढ्न सक्ने ।७. विप्रेषण भित्र्याउन सहजिकरण भएमा विप्रेषण बढेर बिदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्ने ।८. ब्यक्तिगत कर्जा कडाईले साना ब्यक्तिगत कर्जा लिने ग्राहकहरु सहकारी र ब्यक्तिगत लगानीकर्ताहरुसंग कर्जा लिने बातावरण बन्ने ।९. सहकारीहरुको नियमन र सुपरिवेक्षले वित्तिय सुशासन र स्थायित्वमा सकरात्मक भूमिका खेल्ने ।समग्रमा, मौद्रिक नीतिले अहिलेको अवस्थामा १२.६ प्रतिशत मात्रै कर्जा बिस्तार गर्ने र त्यो पनि उत्पादनशिल क्षेत्रलाई नै प्राथमिकता दिएको सकरात्मक मान्नुपर्छ । मूल्यबृद्धि नियन्त्रण गर्न ब्यादर बृद्धि गरिएको भएतापनि समग्रमा ब्याजदरले अर्थतन्त्र र बैंकको निष्क्रिय कर्जालाई नकरात्मक असर पार्र्न सक्छ । कर्जाको बृद्धि दरमा कमि, थप अनिवार्य नगद अनुपात, बैंकहरुको कर्जाको ब्याजदर निर्धारण ब्यवस्था आदिको कारणले बैंकको मुनाफामा असर पार्ने भएकोले यस बर्ष बैंक तथा बित्तिय संस्थाहरु संख्यात्मक भन्दा पनि गुणात्मकमा ध्यान दिनुपर्ने देखिन्छ । अन्तमा, मौद्रिक नीतिले आफ्नो लक्ष्य प्राप्त गरोस् र यसमा सबैले सहयोग गरौं, शुभकामना । डा. बुद्धि मल्ल एनएमबी बैंकका एसीस्टेन्ट जनरल म्यानेजर हुन् ।

बैंक तथा वित्तीय संस्थामा २५ करोड लगानी गर्दै राष्ट्र बैंक

फागुन १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। जसअन्तर्गत उसले वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र फाइनान्समा १ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ। केन्द्रीय बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरेको छ। यसका लागि फागुन १८ गते दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ। यस्तो लगानी आगामी चैत १ गतेदेखि २०७९ फागुन ३० गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले बताएको छ। यस्तो मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भने हुनुपर्नेछ।  त्यस्तै निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले बताएको छ।

७१ % ले नाफा बढाएको महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा ५६ करोडभन्दा बढी

साउन ६, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा कम्पनीको खुद नाफा गत वर्ष ७१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष रू. ४२ करोड ८५ लाख ६४ हजार खुद नाफा गरेको उक्त कम्पनीले गत वर्ष रू. ७३ करोड २९ लाख १६ हजार यो नाफा गरेको हो । अघिल्लो वर्षभन्दा ६७ दशमलव ७९ प्रतिशत सञ्चालन नाफा गरेको कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य प्रतिशत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ५४ करोड ४१ लाख ६६ हजार खुद व्याज आम्दानी गरेको कम्पनीले गत वर्ष रू. १ अर्ब ५६ करोड ७३ लाख २६ हजार आम्दानी गरेको छ । त्यस्तै अघिल्लो वर्ष रू. ६० करोड ९९ लाख ४६ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. १ अर्ब २३ करोड ४ लाख ५४ हजार यो नाफा गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ५६ करोड ३८ लाख ५५ हजार रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन अघिल्लो वर्षभन्दा ४ प्रशित र कर्जा प्रवाह २ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्ष रू. ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार संकलन गरेको छ । त्यस्तै अघिल्लो वर्ष रू. २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार कर्जा प्रवाह गरेको कम्पनीले गत वर्ष रू. ३० अर्ब १० करोड ६३ लाख ७४ हजार प्रवाह गरेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जा अनुपात बढेको छ । अघिल्लो वर्ष २ दशमलव ८० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ३२ प्रतिशत कायम भएको हो । अघिल्लो वर्ष ९ दशमलव ९५ प्रतिशत रहेको उक्त कम्पनीको आधार ब्याजदर भने गत वर्ष ७ दशमलव २८ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ७५ रहेको छ ।

तेस्रो त्रैमासमा कालिका लघुवित्तको खुद नाफा करीब १५ गुणाले बढ्यो

वैशाख ६, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले रू. ६ करोड ९७ हजार खुद नाफा गरेको छ । गत वर्ष यो नाफा रू. ४१ लाख ५ हजार मात्र थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १४ दशमलव ६४ गुणा बढी भएको हो । गत वर्ष रू. ६३ लाख ५८ हजार सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष रू. ७२ लाख ८३ हजार सञ्चालन नाफा गरेको छ ।  सञ्चालन घाटा सुधारिएसँगै कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यस वर्ष खराब कर्जा संकलन पनि गत वर्षभन्दा ६ दशमलव ८४ गुणा बढी भएको छ । गत वर्ष रू. १ करोड २८ लाख ७४ हजार खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ८१ लाख ९ हजार यो कर्जा संकलन गरेको हो । खुद नाफा उल्लेख्य मात्रामा बढेको कम्पनीको जगेडा कोष रकम पनि २१ प्रतिशत बढी कायम भएको छ । गत वर्ष रू. १४ करोड ६८ लाख ९१ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. १७ करोड ७७ लाख ८८ हजार कायम भएको हो । गत वर्षको तुलनामा चुक्तापूँजीमा भने कुनै परिवर्तन भएको छैन । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड २३ लाख ३० हजार रहेको छ ।  गत वर्षभन्दा १३ दशमलव ७१ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने २३ दशमलव ४६ प्रतिशत कर्जा प्रवाह गरेको छ । यस वर्ष गत वर्षभन्दा १४ दशमलव १४ प्रतिशत बढी कम्पनीले कर्जा सापटी लिएको छ । कम्पनीले यस त्रैमाससम्म रू. १ अर्ब २० करोड ३५ लाख ४२ हजार निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ९९ करोड ४६ लाख ५६ हजार कर्जा प्रवाह गरेको छ ।  कम्पनीले रू. १ अर्ब ४१ करोड ६७ लाख ७१ हजार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापटी लिएको छ । गत वर्षभन्दा यसवर्ष कम्पनीको निष्क्रिय कर्जा भने बढेको छ । गत वर्ष ३ दशमलव शून्य ६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ७४ प्रतिशत कायम भएको छ ।  यो त्रैमास अवधिभर कम्पनीले निक्षेपतर्फ ४ प्रतिशतदेखि ६ प्रतिशत र कर्जातर्फ १४ देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरी लागू गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३१ दशमलव ७५ र प्रतिशेयर नेटवर्थ रू. १७० दशमलव ४५ रहेको छ ।