२७% ले घट्यो निष्क्रिय कर्जा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकको निष्क्रिय कर्जा औसतमा २७ प्रतिशतले घटेको छ । वाणिज्य बैंकहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालू आवको असोज मसान्तसम्म वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा १ दशमलव १७ प्रतिशत छ, जुन गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ४४ प्रतिशत विन्दुले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा औैसतमा १ दशमलव ६१ प्रतिशत रहेको थियो । कोरोना संकटका कारण गत आवमा बैंकहरूको निष्क्रिय कर्जा बढ्न गएको थियो । विशेषगरी कोरोनाले व्यवसायहरू प्रभावित भएपछि ऋणीहरूले कर्जाको किस्ता तिर्न सकेका थिएनन् । फलस्वरूप निष्क्रिय कर्जा पनि बढेको थियो । तर, अहिले भने निष्क्रिय कर्जा ≈वात्तै घटेको छ । कोरोना विपद् सामान्य भएर आर्थिक गतिविधि बढ्न थालेपछि खराब कर्जा घटेको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा सानिमा बैंकका सीईओ भुवन दाहालले कोरोना विपद् सामान्य भएर आर्थिक गतिविधि बढेपछि खराब कर्जा घटेको बताए । समीक्षा अवधिमा निष्क्रिय कर्जामा अत्यन्त राम्रो सुधार देखिएको उनको भनाइ छ । ‘कोरोना विपद्का कारण आर्थिक गतिविधि कमजोर हुँदा पहिला ऋणीहरूले कर्जाको किस्ता तिर्न सकेका थिएनन् । तर, अहिले कोरोना विपद् सामान्य हुँदै गएर आर्थिक गतिविधि बढ्न थालेको छ । फलस्वरूप ऋणीहरूले पनि कर्जाको किस्ता तिर्न थालेका छन्, त्यसको असरले निष्क्रिय कर्जा घटेको हो,’ दाहालले भने । यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कोरोना प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनर्तालिकीकरण, पुनःसंरचना गर्न भनेको थियो । सोहीअनुसार बैंकहरूले पनि सम्बद्ध कर्जाहरूलाई पुनर्तालिकीकरण तथा पुनःसंरचना गरेका छन् । त्यसकारण पनि बैंकहरूको निष्क्रिय कर्जा घटेको सीईओ दाहालको भनाइ छ । वाणिज्य बैंकहरूले निष्क्रिय कर्जाअन्तर्गत ब्याड, सबस्ट्यान्डर्ड र डाउटफुल प्रकृतिका कर्जा समावेश गर्दै आएका छन् । गुड लोन र वाच लिस्टअन्तर्गतको कर्जा भने यसमा समावेश हुने गरेका छैन । समग्रमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा घटे पनि ४ बैंकको भने बढेको छ । नबिल, माछापुच्छ्रे, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको निष्क्रिय कर्जा बढेको वित्तीय विवरणमा देखिन्छ । माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा ०.५ प्रतिशत रहेको छ । गत आवको समीक्षा अवधिमा सिटिजन्सको निष्क्रिय कर्जा १ दशमलव ४३ प्रतिशत थियो । तर, अहिले त्यो बढेर १ दशमलव ९१ प्रतिशत पुगेको छ । यस्तै, गत आवको समीक्षा अवधिमा शून्य दशमलव ४ प्रतिशत रहेको एनआईसी एशियाको निष्क्रिय कर्जा अहिले शून्य दशमलव ४९ प्रतिशत पुगेको छ । यस्तै, गत आवको समीक्षा अवधिमा शून्य दशमलव ६५ प्रतिशत रहेको नबिल बैंकको यस्तो कर्जा अहिले १ दशमलव १३ प्रतिशत पुगेको छ । यसैगरी नेपाल एसबीआईको निष्क्रिय कर्जा शून्य दशमलव १७ प्रतिशतमा नै सीमित रहेको देखिन्छ । समीक्षा अवधिमा सानिमा बैंकको सबैभन्दा थोरै निष्क्रिय कर्जा रहेको छ । उक्त बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ११ प्रतिशत मात्र रहेको छ । दोस्रो नम्बरमा रहेको एभरेष्ट बैंकको निष्क्रिय कर्जा शून्य दशमलव  १३ प्रतिशत रहेको छ । यसैगरी नेपाल एसबीआई बैंकको निष्क्रिय कर्जा शून्य दशमलव १७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा १४ बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम रहेको वित्तीय विवरणमा उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंकको भने सबैभन्दा बढी निष्क्रिय कर्जा देखिएको छ । उक्त बैंकको निष्क्रिय कर्जा ३ दशमलव ०१ प्रतिशत रहेको छ ।

सम्बन्धित सामग्री

नोक्सानी सुधार्दै गुराँस लघुवित्त यस वर्ष नाफामा ,निष्क्रिय कर्जा घट्यो

नोक्सानी सुधार्दै गुराँस लघुवित्त यस वर्ष नाफामा ,निष्क्रिय कर्जा घट्यो

नोक्सानी सुधार्दै गुराँस लघुवित्त यस वर्ष नाफामा ,निष्क्रिय कर्जा घट्यो

नोक्सानी सुधार्दै गुराँस लघुवित्त यस वर्ष नाफामा ,निष्क्रिय कर्जा घट्यो

आरएसडीसी लघुवित्तको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

४ माघ, काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफामा १२ प्रतिशत कमी आउनुमा खुद ब्याज […]

निष्क्रिय कर्जा बढ्नेजति बढ्यो, अब व्यवस्थापन हुन्छ : बैंकर

अघिल्लो वर्षको तुलनामा पहिलो पटक बैंकहरुको नाफा घट्यो, निजी क्षेत्रको स्लोडाउनको प्रभाव बैंकिङ क्षेत्रमा पर्‍यो ।

निष्क्रिय कर्जा बढेसँगै स्वरोजगार लघुवित्तको नाफा ५३.९६ प्रतिशत घट्यो

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५३ दशमलव ९६ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले रू. २० करोड २६ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ९ करोड ३२ लाखमा सीमित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले र सञ्चालन नाफा, खुद ब्याज आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ३७ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ७५ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा ६६ दशलमव ५६ प्रतिशत र खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको हो ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ४१ पैसा रहेकोमा गत आवमा घटेर १४ रुपैयाँ ८७ पैसामा झरेको छ । गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ४७ दशमलव ४० गुणा, तरलता अनुपात १० दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ३३ रहेको छ । कम्पनीको वितरणयोग्य नाफा रू. ७ करोड २७ लाख छ । चुक्ता पूँजी रू. ६२ करोड ७२ लाख रहेको कम्पनीले जगेडामा रू. १५ करोड ३९ लाख र रिटेन्ड अर्निङमा रू. ७ करोड ३८ लाख सञ्चिति गरेको छ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सो अवधिसम्म २५ करोड ७० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २३ दशमलव ३९ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा २३ दशमलव ४३२ प्रतिशत घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । अघिल्लो वर्ष ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ११ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुगेको हो । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १७ करोड ७१ लाख रुपैयाँभन्दा बढी छ । १९ प्रतिशत बोनस शेयरमार्फत चुक्ता पूँजी बढाएर १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ पुर्‍याएको कम्पनीको जगेडा कोष रकम २५ करोड ३८ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको रिटेन्ड अर्निङ अघिल्लो वर्ष २१ करोड ९९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १८ करोड ८ लाख रुपैयाँभन्दा बढी छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा गत वर्ष २१ प्रतिशत कम भएको छ भने कर्जा प्रवाह २६ प्रतिशतभन्दा बढीले घटेको छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म ९ अर्ब ४५ करोड ७६ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले गत वर्ष यस अवधिसम्म ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ मात्र कर्जा सापटी लिएको छ । कर्जा प्रवाह भने अघिल्लो वर्ष १० अर्ब ३९ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ७ अर्ब ६५ करोड ६२ लाख रूपैयाँभन्दा बढी भएको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य रहेकोमा गत वर्ष शून्य दशमलव ६६ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३७ रुपैयाँ ८६ पैसा छ ।

निष्क्रिय कर्जा बढेसँगै गुडवील फाइनान्सको नाफा ८६ प्रतिशत घट्यो

काठमाडौं । गुडवील फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ प्रतिशत घटेको हो ।  गत आवमा कम्पनीले रू. १५ करोड नाफा कमाएकोमा चालू आवको सोही अवधिमा १ करोड ९९ लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा प्रभावित भएको हो । त्यस्तै कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेकाले सञ्चालन नाफा घटेकाले पनि नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव ७१ प्रतिशत  पुगेको छ ।  गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज रू. १२ करोड २४ लाख रहेकोमा चालू आवमा बढेर रू. १७ करोड ९२ लाख पुगेको हो । इम्पेरिमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा ८६ दशमलव ९५ प्रतिशत घटेको छ । खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ५७ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २० करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ३१ करोड ५७ लाख पुगेको हो ।  नाफाघटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ३१ रहेकोमा चालू आवमा घटेर रू. २ दशमलव ११ मा झरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ९४ करोड ६१ लाख रहेको छ । कम्पनीले जगेडामा रू. ५५ करोड ८३ लाख , रिटेन्ड अर्निङमा रू. १० करोड १४ लाख र शेयर प्रिमियममा रू. २४ लाख ७५ हजार सञ्चित गरेको छ ।  रिर्पोट हेर्न यहाँ क्लिक गर्नुहोस

निष्क्रिय कर्जा बढेसँगै घट्यो धौलागिरी लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ८३ प्रतिशत घटेको छ । गत आवमा रू. २ करोड १४ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिसम्म रू. ३४ लाख ९९ हजारमात्र कमाएको छ । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा र ब्याज खर्चमा वृद्धि भएको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ७५ रहेकोमा चालू आवमा ७ दशमलव ६९ पुगेको छ । त्यस्तै कम्पनीको ब्याज खर्च गत आवमा रू. ३ करोड ९८ लाख रहेकोमा चालू आवमा बढेर रू. ५ करोड ६७ लाख पुगेको छ । त्यस्तै चालू आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थापनमा धेरै रकम छुट्याएकाले पनि नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थापनमा रू. १ करोड ६७ लाख छुट्याएकोमा चालू आवमा रू. २ करोड ६० लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १ करोड १० लाख ऋणात्मक रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. १० करोड ३१ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. ६ करोड ४७ लाख सञ्चित गरेको छ । कम्पनीले रू. ५४ करोड ९६ लाख सापटी र रू. ६८ करोड ६२ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ४२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७९, मूल्य आम्दानी अनुपात २०३ दशमलव २४ गुणा, तरलता अनुपात ७ दशमलव ९८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ८० रहेको छ ।

निष्क्रिय कर्जा बढेसँगै घट्यो सेन्ट्रल फाईनान्सको नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९८ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म रू. ३ करोड ५० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ३ लाख ९९ हजारमा सीमित भएको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ६१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ६३ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा पनि ९८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड ९६ लाख रहेकोमा चालू आवमा घटेर रू. ५ लाख २८ हजारमा झरेको हो ।  कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा १३ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ११ करोड १४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १२ करोड ६४ लाख पुगेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ९५ रहेकोमा चालू आवमा घटेर रू. शून्य दशमलव शून्य ८ मा झरेको हो । त्यस्तै कम्पनीको तरलता अनुपात ३० दशमलव ७९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२७ दशमलव ३८ रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ९४ करोड ८८ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. २४ करोड ८९ लाख, रिटेन्ड अर्निङमा रू.१ करोड ४ लाख र शेयर प्रिमियममा रू. ४ लाख ४२ हजार सञ्चित गरेको छ । रू. ६ अर्ब १८ करोड निक्षेप संकलन गरेका कम्पनीले रू. ४ अर्ब ९० करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।