काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लगेकोमा कुनै पछुतो नभएको बताउनुभएको छ ।
अफगानिस्तानको प्रान्तीय राजधानीमा विद्रोही समूह तालिबानले लगातार कब्जा जमाउँदै गइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको हो । राष्ट्रपति बाइडेनले अफगानिस्तानका नेतालाई एकजुट हुँदै आफ्नो राष्ट्रका लागि लड्न आग्रह गर्नुभएको छ । २० वर्षको सैन्य अभियानपछि अमेरिकी नेतृत्वको सेना स्वदेश फर्किएसँगै तालिबानले अफगानिस्तानमा आक्रमण बढाएको छ ।
राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट आफ्न...