पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तानबाट सेना फिर्ता गर्नु गल्ती भएको बताएका छन्। सन् २००१ देखि सन् २००९ सम्म अमेरिकी राष्ट्रपति रहेका बुसकै पालामा सन् २००१ मा अमेरिकी र नाटोको सेनाले अफगानिस्तानमा तालिबानविरुद्ध युद्ध सुरु गरेको थियो। त्यसको २० बर्षपछि सन् २०२१ को सेप्टेम्बरमा ११ मा सबै सेना फिर्ता लैजाने घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले गरेको छ।