काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आगामी ३१ अगस्टसम्म अमेरिकी सैनिक फिर्ता भइसक्ने बताएका छन्। अफगानी नागरिकको जीवन रक्षाका लागिसमेत अमेरिकी अभियान समाप्त गर्न लागिएको उनको भनाइ छ। तालिबान विद्रोही समूहले अफगानिस्तानका अधिकांश क्षेत्रमा नियन्त्रण जमाइरहेको समयमा अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्ति आएको हो। सन् २००१ को ११ सेप्टेम्बरमा भएको आतंककारी आक्रमणपछि अमेरिकी सेनाले लगभग २० वर्ष अफगानिस्तानमा लडाइँ गरेको छ। यसै वर्षको सुरुवातमा राष्ट्रपति बाइडेनले २०२१ क