व्यवस्था विरोधी र पक्षपातीबीच प्रतिस्पर्धा : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चुनावका लागि मात्रै प्रतिस्पर्धा नभएर ‘वर्तमान व्यवस्था चाहने र नचाहनेबीचको प्रतिस्पर्धा भएको’ जिकिर गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनद्वारा बुधबार खोटाङ दिक्तेलमा आयोजित कार्यक्रममा प्रचण्डले ‘गणतन्त्र, संघीयता, समावेशीलगायत व्यवस्था जोगाउने र ढाल्ने शक्तिबीचको चुनाव भएको’ बताएका हुन् । ‘मंसिर ४ गते दुईवटै गठबन्धनबीच जनमत संग्रहका […] The post व्यवस्था विरोधी र पक्षपातीबीच प्रतिस्पर्धा : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दूषित प्रतिस्पर्धा यो चुनावको सुरक्षा चुनौती

केही समूहले निर्वाचन बहिष्कार भनेका छन् । सुरक्षा संयन्त्रको तयारी सामू यस्तो विरोधी अभियान नगन्य हुन्छ । बरु अहिलेको चुनौती भनेको राजनीतिक दलहरुबीचकै आपसी तिक्तता हो । दुषित प्रतिष्पर्धा नै यो चुनावको सुरक्षा चुनौती हो ।

एमालेको जनलहरलाई कमजोर पार्ने वाम एकता मान्दैनौँ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकतालाई देखाएर पार्टीमा आएको जनलहरलाई रोक्ने काम सह्‍य नहुने बताएका छन्। केन्द्रीय कमिटीको बैठकमा ओलीले भने, ‘एमाले तालमेल र वाम एकताको विरोधी होइन। तर, वाम एकतालाई देखाएर पार्टीमा आएको जनलहरलाई कमजोर पार्न हुँदैन। स्थानीय तहमा तालमेल गर्न माथिल्लो तहको निर्देशन लिनको लागि हामीले खुला राखेका छौँ। पार्टीको ध्यान र कार्यकर्ताको ध्यान कथित तालमेल गरेर मोड्दैनौँ।’उनले एमालेसँग वैचारिक सांगठनिक रूपमा प्रतिस्पर्धा गर्ने कुनै पा

भारतीय नियामकहरुले मारुती सुजुकीलाई तिराए २ करोड ७० लाख डलर जरिवाना

भदौ ९, नयाँ दिल्ली (भारत) । भारतका एकाधिकार विरोधी नियामकहरुले घरेलु कार निर्माता कम्पनी मारुती सुजुकीलाई करीब २ करोड ७० लाख डलर जरिवाना तिराएका छन् । डिलरहरुमा मूल्य छूटमा जानीजानी बन्देज लगाएकोले कम्पनीलाई सो जरिवाना तिराइएको हो ।  मारुती सुजुकी जापानी कम्पनी सुजुकी मोटरको सहायक कम्पनी हो । कम्पनीले डिलरहरुलाई करारमा सीमित गरिएको बाहेक अरु छूट दिन बन्देज गर्ने गरी करार गरेको भारतको प्रतिस्पर्धा आयोगले सोमवार बताएको हो । यसले प्रतिस्पर्धालाई क्षति पुर्‍याएको नियामकको ठम्याई छ ।  डिलरले थप दिएको छ कि छैन भनेर छड्के हान्न कम्पनीले मानिसहरुलाई ग्राहकको रुपमा पठाएको पनि नियामकले बताएको छ ।  आफूले आदेशको पूर्ण जाँच गर्ने अनि कानूनअनुसार थप कदम चाल्ने कम्पनीले बताएको छ । मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी हो । भारतीय बजारमा यसको आधा भन्दा धेरै हिस्सा छ ।

टेन्सेन्टलाई उछिनेर टीएसएमसी बन्यो एशियाको सबैभन्दा मूल्यवान कम्पनी

भदौ २, ताइपेई (ताइवान) । विश्वको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) एशियाको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।  बुधवार टीएसएमसीले एशियाकै मूल्यवान कम्पनीका रुपमा चिनियाँ कम्पनी टेन्सेन्टलाई उछिनेको हो । चीनले विगत केही महीनायता प्रविधि क्षेत्रमा गरेको कडाईका कारण टेन्सेन्ट, अलिबाबालगायत चिनियाँ कम्पनीहरुको मुल्यांकन घटेको छ । टीएसएमसीले यस अघि अगष्टको शुरुमा पनि टेन्सेन्टलाई उछिनेको थियो । कम्पनीको बजार पूँजीकरण ५ खर्ब ३८ अर्ब डलरभन्दा धेरै छ । दोस्रो स्थानमा रहेको टेन्सेन्टको बजार पूँजीकरण भने ५ खर्ब ३६ अर्ब डलर छ । ४ खर्ब ७२ अर्ब बजार पूँजीकरण सहित अलिबाबा तेस्रो स्थानमा छ । चीनको बजार नियामकले इन्टरनेट क्षेत्रमा अनुचित प्रतिस्पर्धा रोक्न नयाँ नियमन जारी गरेपछि टेन्सेन्ट र अलिबाबा दुबैले मंगलवार मात्रै २० अर्ब डलरभन्दा धेरै गुमाएका थिए । चीनको बजार नियामकले एकाधिकार विरोधी र प्रतिस्पर्धा मिच्ने कानूनमा कडाई गरेको छ । चीनले वित्तीय प्रविधिको क्षेत्रमा पनि निगरानी बढाएको छ । एजेन्सी

प्रतिस्पर्धा विरोधी एप नीतिका कारण एप्पलमाथि मुद्दा

वैशाख १८, लन्डन (बेलायत) । अमेरिकी प्रविधि कम्पनी एप्पल इंकमाथि यूरोपेली संघ (ईयू) को प्रतिस्पर्धा मिच्न नहुने नीतिको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरिएको छ ।  कम्पनीको एप स्टोर सञ्चालनमा एप्पलको व्यहारका कारण उपभोक्ताहरु मारमा परिरहेको यूरोपेली आयोगको एकाधिकार विरोधी नियमनकर्ता मार्गरेथा भेष्टागरले ट्विटमा बताइन् ।  एप्पलले म्युजिक स्ट्रिमिङ उद्योग मानवप्रवर्तनलाई रोकेको भन्दै स्पोटीफाईले दुई वर्ष अघि दायर गरेको मुद्दालाई उल्लेख गरिएको छ । कम्पनीले तर्क गरेर नियामकहरुलाई राजी गराउन सकेनन् भने एप्पले ठूलो जरिवाना तिर्नुपर्ने र नीति नै  परिवर्तन गर्न बाध्य हुनु पर्नेछ । यसअघि भने कम्पनीले आफूले केही पनि गलत नगरेको बताएको थियो ।एजेन्सी

अलिबाबालाई चीनमा दुई अर्ब ७५ करोड डलर जरिवाना

२९ चैत, काठमाडौं । चिनियाँ नियामकले ई–कमर्स कम्पनी अलिबाबालाई दुई अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना गरेको छ । अलिबाबाले लामो समयसम्म प्रतिस्पर्धा विरोधी गतिविधि गरेको भन्दै नियामकले जरिवानाको निर्णय गरेको हो । नियामकका अनुसार अलिबाबाले …

ओलीको प्रश्नः माधव नेपालले दाम चढाएको पनि गणतन्त्रप्रति निष्ठा हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रप्रति आफ्नो निष्ठामाथि प्रश्न नगर्न आग्रह गरेका छन् । उनले विगतमा प्रधानमन्त्री बन्नका लागि माधव कुमार नेपालले राजासामु दाम चलाएको भन्दै के त्यो पनि गणतन्त्रप्रति निष्ठा हो ? भन्दै कटाक्ष गरे । आइतबार एक टेलिभिजन अन्तरवार्तामा उनले माधव नेपालले आफूलाई गणतन्त्रको हिमायती भन्ने गरेको ओलीलाई गणतन्त्र विरोधी करार गर्न खोजेको भन्दै विगतको प्रसंग कोट्याएका हुन् ।    ‘दाम चढाएको पनि गणतन्त्रप्रति निष्ठा हो । लक्ष्मण खड्कासँग प्रतिस्पर्धा गरेर निवेदन हालेको होइन ?’ ओलीको भनाइ छ । &n...