टेन्सेन्टलाई उछिनेर टीएसएमसी बन्यो एशियाको सबैभन्दा मूल्यवान कम्पनी

भदौ २, ताइपेई (ताइवान) । विश्वको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) एशियाको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।  बुधवार टीएसएमसीले एशियाकै मूल्यवान कम्पनीका रुपमा चिनियाँ कम्पनी टेन्सेन्टलाई उछिनेको हो । चीनले विगत केही महीनायता प्रविधि क्षेत्रमा गरेको कडाईका कारण टेन्सेन्ट, अलिबाबालगायत चिनियाँ कम्पनीहरुको मुल्यांकन घटेको छ । टीएसएमसीले यस अघि अगष्टको शुरुमा पनि टेन्सेन्टलाई उछिनेको थियो । कम्पनीको बजार पूँजीकरण ५ खर्ब ३८ अर्ब डलरभन्दा धेरै छ । दोस्रो स्थानमा रहेको टेन्सेन्टको बजार पूँजीकरण भने ५ खर्ब ३६ अर्ब डलर छ । ४ खर्ब ७२ अर्ब बजार पूँजीकरण सहित अलिबाबा तेस्रो स्थानमा छ । चीनको बजार नियामकले इन्टरनेट क्षेत्रमा अनुचित प्रतिस्पर्धा रोक्न नयाँ नियमन जारी गरेपछि टेन्सेन्ट र अलिबाबा दुबैले मंगलवार मात्रै २० अर्ब डलरभन्दा धेरै गुमाएका थिए । चीनको बजार नियामकले एकाधिकार विरोधी र प्रतिस्पर्धा मिच्ने कानूनमा कडाई गरेको छ । चीनले वित्तीय प्रविधिको क्षेत्रमा पनि निगरानी बढाएको छ । एजेन्सी  

सम्बन्धित सामग्री

एनिमल बन्यो रणवीरको सबैभन्दा हिट फिल्म

फिल्म एनिमल अभिनेता रणवीर कपूरको सबैभन्दा हिट फिल्म बनेको छ। रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन्। जसमध्ये ११ फिल्म फ्लप भएका छन भने ९ फिल्म हिट भएका छन्।...

भारत बन्यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक

भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ। उसले लामो समयदेखि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीनलाई उछिनेको छ।

ग्लोबल आइएमई बन्यो देशकै सबैभन्दा ठूलो बैंक

ग्लोबल आइएमई बैंक लिमिटेड देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । पुँजी तथा व्यवसायको आकारका हिसाबले ग्लोबल आइएमई नेपालकै सबैभन्दा ठूलो बैंक बनेको हो । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू...

सबैभन्दा लामो दाह्रीको साङ्लो, बन्यो विश्व कीर्तिमान

काठमाडौं । गिनिज बुकमा नाम लेखाउने अनेक काइदा हुन्छन् । संसारकै सबैभन्दा लामो दाह्री बनाएर कीर्तिमान कायम गरेको त सुनिएकै हो । यो पटक चाहिं सबैभन्दा लामो दाह्रीको साङ्लो तयार पारी विश्व रेकर्ड कायम भएको छ । अमेरिकाको योमिङमा गत शुक्रबार केही दाह्रीवाल युवाहरुले एक आपसमा दाह्रीमा गाँठो पारेर डेढ सय फिट लामो साङ्लो तयार […]

केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू भएको अस्पताल

काठमाडौं, १८ माघ । काठमाडौं मेडिकल कलेज (केएमसी) नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले आज (मंगलबार) एक कार्यक्रमको अयाोजना गरी १६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो । केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा. सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका […]

टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो कम्पनी

काठमाडौं, २५ पुस । टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यसभन्दा अघि हुन्डाईले बजारमा टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै आएको थियो । २०२१ को डिसेम्बरसम्ममा हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो । यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक […]

गुगललाई पन्छाउँदै टिकटक बन्यो सबैभन्दा लोकप्रिय कम्पनी

यो वर्ष सन् २०२१ मा चिनियाँ भिडियो सेयरिङ प्लेटफर्म टिकटक सबैभन्दा लोकप्रिय प्रविधि कम्पनी बनेको छ । अमेरिकी सर्च इञ्जिन गुगललाई पछि पार्दै टिकटक सबैभन्दा लोकप्रिय कम्पनी बनेको हो । गत वर्ष सन् २०२० मा टिकटक दोस्रो स्थानमा थियो ।टिकटकले यसअघि नै अमेरिकी कम्पनीहरू फेसबुक, माइक्रोसफ्ट र एप्पललाई पछाडि पारिसकेको छ । क्लाउडफेयरले सार्वजनिक गरको रिपोर्टअनुसार टिकटकले आफूलाई छोटो अवधिमै विश्वकै सबैभन्दा लोकप्रिय प्रविधि कम्पनीमा उभ्याएको हो ।योसँगै गुगल दोस्रो स्थानमा आइपुगेको छ । गुगलपछि फेसबुक,

गूगललाई उछिन्दै टिकटक बन्यो विश्वकै सबैभन्दा धेरै हेरिने वेबसाइट

टिकटक विश्वमै सबैभन्दा चर्चित वेब डोमेन बन्न सफल भएको छ । गूगलको शीर्ष स्थानलाई उछिन्दै विश्वमा सबैभन्दा धेरै हेरिने वेबसाइट बन्न टिकटक डटकम बन्न सफल भएको हो । पाँच वर्ष पुरानो एप टिकटकले गूगलको डोमन गोलियाथ गूगल सर्चलाई र गूगलको अरु डिजिटल प्रार्पटीलाई पछि पार्दै शीर्ष स्थान हासिल गर्न सफल भएको हो । यसको बारेमा क्लाउडफ्लेयरले रिपोर्ट तयार पारेको हो । गत वर्षको...

'स्क्विड गेम' बन्यो नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज

दक्षिण कोरियाली सिरिज 'स्क्विड गेम' नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज बनेको छ। सेप्टेम्बर १७ मा रिलिज भएको यस सिरिजलाई हालसम्म १११ मिलियन पटक हेरिएको छ। रिलिज भएको चार सातापछि १११ मिलियन भ्युज पाउँदै यो सिरिज नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज बन्न पुगेको हो। नेटफ्लिक्सले ट्विटरमा यो सबैभन्दा बढी हेरिएको सिरिज…

काठमाडौं फेरि बन्यो संसारकै सबैभन्दा बढी प्रदूषित शहर

शुक्रवार काठमाडौं संसारकै सबैभन्दा बढी प्रदूषित बनेको छ । वातावरणसम्बन्धी जानकारी दिने आइक्यू एयर डटकमका अनुसार, काठमाडौंमा शुक्रवार सबैभन्दा बढी प्रदुषण भएको हो ।  शुक्रवार दिउँसोदेखि नै काठमाडौंको वातावरण धुम्म बनेको थियो । दिउँसो २ बजेपछि भने वातावरण अत्याधिक प्रदूषित बन्न पुग्यो । वायु प्रदूषणले भिजिविलिटी कम हुँदा अन्तराष्ट्रिय तथा आन्तरिक उडान नै प्रभावित भएको छ ।  आईक्यूएयरका अनुसार, काठमाडौंको एक्यूआई इन्डेक्स १९३ पुगेको छ ।  यसअघि पनि काठमाडौं धेरै प्रदुषण हुने शहरमा अग्रस्थानमा रह...