काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकतालाई देखाएर पार्टीमा आएको जनलहरलाई रोक्ने काम सह्य नहुने बताएका छन्। केन्द्रीय कमिटीको बैठकमा ओलीले भने, ‘एमाले तालमेल र वाम एकताको विरोधी होइन। तर, वाम एकतालाई देखाएर पार्टीमा आएको जनलहरलाई कमजोर पार्न हुँदैन। स्थानीय तहमा तालमेल गर्न माथिल्लो तहको निर्देशन लिनको लागि हामीले खुला राखेका छौँ। पार्टीको ध्यान र कार्यकर्ताको ध्यान कथित तालमेल गरेर मोड्दैनौँ।’उनले एमालेसँग वैचारिक सांगठनिक रूपमा प्रतिस्पर्धा गर्ने कुनै पा