नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथको समाचार भारतीय सञ्चारमाध्यममा फरक ढंगले आएको छ ।
भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले देउवाको कुण्डलीमा साँझ ५ बजेदेखि ८ः२० बजेसम्म कालयोग रहेकाले ढिला शपथ लिइएको लेखेको छ ।
देउवाको शपथ साँझ ८ः२५ बजे भएको लेख्दै आजतकले शपथको ढिलाइको कारणमा ज्योतिषीको सल्लाह मानेको छ ।
तर नियुक्तिपत्रमा नेपालको संविधानको धारा ७६(५) उल्लेख नभएको कारण देखाउँदै शपथअघि विवाद भएको थियो । राष्ट्रपति कार्यालयले संविधानको धारा अनुसार नै नियुक्ति भएको व्यहोरा शपथका क्रममा व्यक्त गरेप...