सिमकोट – खाद्य समस्या भोगिरहने हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानीमा ढिलाइ भएको छ। ढुवानीको जिम्मा पाएको एयरकाग्रोले निजी एयरलाइन्समध्ये सीता एयरलाइन्सलाई मात्र जिम्मा लगाउँदा ढिलाइ भएको हो। लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले चालु वर्षका लागि ढुवानीको जिम्मा पाएको सिम्रिक कार्गाे एयर प्रालिले एउटा मात्र निजी […]