काठमाडौँ – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ। दिउँसो एक बजे बस्ने भनी बोलाइएको बैठकमा कुनै पनि मन्त्री संसद भवन नपुगेपछि ढिलाइ भएको हो। संसद बैठक बस्न सरकारको प्रतिनिधि अनिवार्यरूपमा उपस्थिति हुनुपर्दछ। मन्त्री उपस्थित नहुँदा बैठक बस्न पौने घन्टा ढिलाइ भइसकेको छ।