विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ

रसुवा। निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ।विद्युतगृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं मुड्वरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिकाअनुरूप काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्य ढिलाइ भएको हो।भोइथ कम्पनीका दक्ष जनशक्ति नआएकाले १११ मेगावाट क्षमताको विद्युत् गृहको काम ढिलाइ भएको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ। रासस

सम्बन्धित सामग्री

एमसीसी : मैले बुझेको सोझो कुरा

एमसीसी अमेरिकाको ५०० मिलियन अमेरिकी डलर र नेपालको १३० मिलियन अमेरिकी डलर गरी जम्मा ६३० मिलियन अमेरिकी डलरको विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत गर्ने एक संयुक्त प्रोजेक्ट हो । त्यसबाट प्रशासनिक खर्च ४० मिलियन, अनुगमन/मूल्यांकन ९.५ मिलियन, सडक मर्मत ५२.३ मिलियन र बाँकी ३९८.२ मिलियन विद्युत् प्रसारण लाइन निर्माण आयोजनामा खर्च हुनेछ । […]

सुर्खेत–कोहलपुर प्रसारण लाइन निर्माण सुरु: दुई वर्षभित्र सक्ने लक्ष्य

सुर्खेत–कोहलपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणको औपचारिक काम सुरु भएको छ । मङ्गलबार बाँकेको कोहलपुरमा टावरको जगको शिलान्यास गरेर औपचारिक रूपमा काम थालिएको हो । सुर्खेतदेखि कोहलपुरसम्मको सर्वेलगायतको काम एक वर्षदेखि भए पनि निर्माणको औपचारिक काम भने मङ्गलबारदेखि सुरु भएको सुर्खेत–कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । आयोजना प्रमुख रविकुमार चौधरीले जग निर्माणको काम सुरु भएको जानकारी दिनुभयो ।

तीन वर्षमा बन्नुपर्ने आँपटारी १३२ केभी सवस्टेशन १२ वर्षमा बन्यो

चितवन : बहुप्रतिक्षित हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी विद्युत प्रसारण लाइन आयोजनाको आँपटारीस्थित १३२ केभी विद्युत सवस्टेशनको निर्माण कार्य सम्पन्न भएको छ।दमौली र मस्र्याङदीबाट आएको सर्किटलाई शुक्रबार सवस्टेशनमा जोडेर चार्ज गरिएको हो। मर्स्याङदीबाट ५० मेगावाट भन्दा बढी विद्युत आँपटारीस्थित न्यू भरतपुर सवस्टेशनमा आउने छ। त्यसलाई हाल १३२ केभीमा चार्ज गरिएको हो।विश्व बैंक र नेपाल विद्युत प्राधिकरणको गरी ६३ करोड ७३ हजार चार सय ५६ रूपैयाँ लागतमा सवस्टेशन निर्माण भएको हो। सवस्टेशनको निर्माण

कालिकोटमा पहिलो पटक पुग्यो राष्ट्रिय विद्युत् प्रसारण लाइन

सुर्खेत : कर्णाली प्रदेशको कालिकोट जिल्लामा पहिलो पट्क राष्ट्रिय विद्युत प्रसारण लाइन जोडिएको छ। दैलेखको दुल्लुबाट ११ केभी विद्युत् लाइन विस्तार भएसँगै कालिकोट राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो। सोमबार रातिदेखि कालिकोटमा राष्ट्रिय विद्युत् लाइन पुगेको कालिकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले बताएका छन्। कालिकोटमा सोमबार राति १० बजे मात्रै लाइन छोडिएको हो। जोशीका अनुसार  तत्काललाई ११ केभीए मात्रै लाइन प्रसारण भइरहेको र एक हप्ताभित्र ३३ केभीए प्रसारण पुर्‍याउने तयारीका लागि ३३ केभीए विद्युत् पुर्‍...

कालिकोटमा पुग्याे राष्ट्रिय विद्युत प्रसारण लाइन

कालिकोटमा पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुगेको छ । दैलेखको दुल्लुबाट ११ केभीए विद्युत लाइन बिस्तार भएसँगै कालिकोटमा राष्ट्रिय विद्युत प्रसारण पुगेको हो । भ्रमणका क्रममा  गत बर्ष दैलेखकाे टुनिबगरमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिटाे काम सक्न निर्देशन दिएका थिए ।शाहीले निर्देशन दिएसँगै काम तिव्र गतिमा अघि बढेकाे थियाे ।साविक कर्णाली अञ्चलका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामध्ये कालीकाेट राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुग्ने पहिलाे जिल्ला हाे

दोर्दी कोरिडोर १३२ केभी विद्युत प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

लमजुङ : पूर्वी लमजुङको दोर्दी कोरिडोरमा निर्माणाधीन १३२ केभी विद्युत् प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। यही चैतभित्र सक्ने गरी निर्माण कार्य सुरु भए पनि अब दुई साताभित्रै सम्पन्न हुने आयोजनाले जनाएको हो।दोर्दी गाउँपालिका–६ ढोढेनीको कीर्तिपुरदेखि बेसीशहर–१ उदिपुरसम्म १४ किलोमिटर १३२ केभीए ट्रान्समिसनलाइन निर्माणको काम करिब सम्पन्न भएको आयोजना प्रमुख रमेश पौडेलले बताए। पौडेलका अनुसार प्रशारण लाइनका सबै टावर निर्माण सम्पन्न भई तार जडानको काम अन्तिम चरणमा पुगेको छ।कीर्तिपुरदेखि उ

राष्ट्रिय विद्युत् प्रसारण लाइन प्रभावितले लालपुर्जा जलाए

लमजुङको मस्र्याङ्दी कोरिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रशारण लाइन प्रभावितहरूले आफ्नो लालपुर्जा जलाएका छन् । राष्ट्रिय प्रशारण लाइन निर्माणका क्रममा यसअघिका विवाद समाधान नहुँदै क्षतिपूर्तिका लागि सूचना जारी गरेको भन्दै प्रभावितहरूले विरोध स्वरुप लालपुर्जा जलाएका हुन् ।यसअघि जिल्ला प्रशासन कार्यालय लमजुङले प्रशारण लाइनअन्तर्गत राइट आफवेभित्र पर्ने जग्गा धनीहरूलाई क्षतिपूर्ति लिन र उक्त जग्गा भित्र घर […]

नेपालमै पहिलोपटक भूमिगत प्रसारण लाइन

काठमाडौं - नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ ।  त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा ...

विद्युत प्रसारण लाइन निर्माण अगाडि बढ्ने - BBC नेपाली

अमेरिकी सरकारबाट प्राप्त हुने ५१ अर्ब रुपैयाँको सहायताबाट ४०० केभी विद्युत प्रसारण लाइन निर्माण योजनाले गति लिने अधिकारीहरुले बताएका छन्।