काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ। असार २६ गतेको लागि अर्को पेशी तोकिएको हो।
पटक-पटक हेर्दाहेर्दैमा राखिएको सुनुवाइ असार १३ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो। आज सुनुवाइको पेशी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा…