काठमाडौँ – बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको आजको पेशी स्थगित भएको छ। नवलपुर जिल्ला अदालतमा बुधबार सुनुवाइका लागि तोकिएको मुद्दाको पेशी स्थगित भएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहाहुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार प्रतिवादीतर्फका वकिलकै आग्रहमा आज तोकिएको पेशी स्थगित भएको हो। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा पेशी तोकिए पनि […]