आइजी विवादको मुद्दामा सुनुवाई भएन, शुक्रवारलाई पेशी तोकियो

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुन सकेन। अर्को पेशी शुक्रवारलाई तोकिएको छ। कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासमा आज पेशी तोकिएको थियो। तर, सरकारी वकिलहरु नआएपछि सुनुवाइ हुन नसकेको हो। उक्त मुद्दामा बैशाख २२ गते अन्तरिम…

सम्बन्धित सामग्री

भुवन केसीविरुद्धको मुद्दाको पेशी भदौ १३ गतेलाई तोकियो

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै दायर रिटमाथिको अर्को सुनुवाई भदौ १३ गते हुने भएको छ । सोमबार पेशी तोकिए पनि सर्वोच्च अदालतले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको थियो । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको थियो । निवेदकतर्फका कानुन व्यवसायी सूर्यबहादुर पाण्डेले नयाँ […]

आइजी विवाद मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को पेशी तोकियो असार १९ गतेका लागि

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आइजी)मा धिरज प्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिट फेरि हेर्दाहेर्दैमा राखिएको छ। सोमवार सुनुवाईको लागि मिति तोकिएको रिटको पेशी असार १९ को लागि तोकिएको छ। असार ५ गते सुनुवाई भएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की…

नबिल र एनबि बैंकबीचको मर्जर रोक्न सर्वोच्चमा परेको रिटमा आज पनि पेशी तोकियो

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको जारी मर्जर प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज पनि पेशी तोकिएको छ । आज न्यायधिशद्वय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको हो ।नेपाल बंगलादेशको मुख्य सेयरधनी मध्ये एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी ईन्भेष्टमेण्ट प्रा.लि. र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रा.लिले क्रमश बैशाख १९ गते र बैशाख २१ गते छुट्टाछुट्टै रिट दायर गरेका हुन् । नेपाल पावर डेभलपमेण्टको मुद्दामा सुनुवाई गर्दै न्यायधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै समुहलाई बोलाएको थियो । त्यस्तै दिवेश्वरी ईन्भेष्टमेण्टले दायर गरेको रिटमा न्यायधिश बमकुमार श्रेष्ठको एकल इजलाशले  कारण देखाउ आदेश, र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै  अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै समुहलाई बोलाएको थियो । अदालतले तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्नु भनेर  अल्पकालीन अन्तरिम आदेश जारी  गरेको हो । त्यसपछि अदालतले दुवै रिटलाई एकै साथ राखेर सुनुवाई गरिरहेको छ ।यो रिटको पेशी जेठ ४ गते न्यायधिशद्वय टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलाशमा तोकिएपनि हेर्न नमिल्ने भन्दै स्थगित गरिएको थियो । आज न्यायधिशद्वय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको हो । यो मुद्दा उक्त इजलाशको दोस्रो नम्बरमा तोकिएको छ । अदालतले अन्तरिम आदेश दिएको खण्डमा यी दुई बैंक बीचको मर्जर अनिश्चित हुने छ  ।दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न  जेठ ७ गते विशेष साधारणसभा डाकेका छन् ।  नेपाल बङ्गलादेश बैंक लिमिटेडको १०० कित्ता शेयर वरावर उक्त कम्पनीका शेयरधनीहरुलाई नविल बैंक लिमिटेडको ४३ कित्ता १:०४३) शेयर प्रदान गर्ने गरी नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति (Acquisition) गर्न लागिएको हो।

एकीकृत समाजवादी दल दर्ताविरुद्ध ओलीको मुद्दामा सुनुवाई तोकियो

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादीं)दल दर्ताविरुद्धको मुद्दामा पेशी तोकेको छ। सर्वोच्चले सोमबार न्यायाधीशद्वय  प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकेको हो।  दल दर्ताविरुद्ध नेकपा (एमाले) का...

नागरिकता अध्यादेश विरुद्धका मुद्धामा संवैधानिक इजलासमा सुनुवाई तोकियो

सर्वोच्च अदालतले नागरिकता अध्यादेश विरुद्धका मुद्धामा संबैधानिक इजलासमा सुनुवाई तोकेको छ। सर्वोच्चले बुधबारका लागि यसअघि अन्तरिम आदेश जारी भएको नागरिकता अध्यादेशबारेका ६ मुद्दा सहित १५ मुद्दामा पेशी तोकेको हो।  इजलासमा कायममुकायम...

संसद विघटन मुद्दामा सकियो सुनुवाई, असार २८ गतेका लागि तोकियो अर्को पेशी

काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाई सकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशले रिट निवेदक र विपक्षी सरकारतर्फका कानुन व्यवसायी र एमिकस क्यूरी (अदालतका सहयोगी) समेतको तर्फबाट सुनुवाई सकाएको हो । सोमबार रिट निवेदक शेरबहादुर देउवासहित १४६ जना सांसदका तर्फबाट जवाफी बहस र […]

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको पेशी तोकियो, बिहिबार र शुक्रबार सुनुवाई

काठमाडौं, ११ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध १४६ सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहिबार र शुक्रबार सुनुवाई हुने भएको छ । बिहिबार संवैधानिक इजलाशमा सुनुवाईको माग नगरेका निवेदकहरुको रिटमाथि सुनुवाई हुने तय भएको छ । शुक्रबार संवैधानिक इजलाशमा सुनुवाईको माग गरेकाहरुको रिटमाथि सुनुवाई हुने भएको छ । संवैधानिक इजलाशमा सिधै सुनुवाई माग गरिएकाले सोही […]

भरतपुर मतगणना विवादको सुनुवाई साउन ८ गते तोकियो

चितवनको भरतपुर महानगरपालिकाको मतगणना विवादको सुनुवाई साउन ८ गते हुने भएको छ । सर्वोच्च अदालतमा सोमबार हुने भनिएको सुनुवाई साउन ८ गतेका लागि तोकिएको