सोलुखुम्बु - सगरमाथा आरोहणको क्रममा एक विदेशी र एक नेपाली गरी दुई जनाको ज्यान गएको छ । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा एक नेपाली सहयोगी र एक विदेशी आरोहीको ज्यान गएको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार कञ्चनजङ्घामा पनि एक भारतीय र धौलागिरिमा एक नेपाली सहयोगीको ज्यान गएको छ । ज्यान जानुको कारण खुल्न बाँकी छ । यसपालि आरोहीका लागि मौसम अनुकूल नै भएको निर्देशक उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ८० प्रतिशत आरोहण दलको अभियान सकिएको छ।
केही टोली का...