शिव पन्थी, प्युठान ।
‘टोल टोलमा समिति र वार्ड वार्डमा सभा’ कार्यक्रमम अन्तरगत राष्ट्रिय जनमोर्चाले प्युठानको स्वर्गद्वारी–७ को सोत्रेमा विरोध सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाकार वीरबहादुर पुनले केपी ओली सरकारले गरेको अधिनायकवादी शैलीबाट गरेको संविधान बिपरीतको कामविरूद्धमा राजमो नै अग्र पङ्गतिमा रहेर देशभरी विरोध कार्यक्रम गरिरहेको बताउनु भयो ।
राजमो जिल्ला सदस्य इन्द्रबहादुर खड़काले बेरोजगारीका कारण लाखौं युवाहरू विदेश जान बाध्य भएपछी देशमा कसले विकास गर्ने भनेर प्रश्न गर्नुभयो । उहाँले नालायक सरकारको कारणले युवाहरु विदेशीन बाध्य भएको बताउनु भयो ।
जिल्ला सल्लाकार थम्मन बूढामगर, यामप्रसाद शर्मा, ओबीराम जिएम, अखिल नेपाल महिला संघ जिल्ला सदस्य तथा नगर कार्यपालिका सदस्य, खुमा अधिकारी, बिन्दु परियार, पुनाराम परियार, मोहन गोराथोकी, शिव पन्थी, तिलक कालाथोकी लगाएत वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा बेलुराम अधिकारीले राजमो वडा समितिलाई एक थान माइक सहयोग गर्नुभएको छ । दामोदर गोराथोकीको अध्यक्षता, बिष्णु भुषालको सञ्चालनबाट अघि बढेको कार्यक्रममा याम प्रसाद घिमिरेले स्वागत गर्नुभएको थियो ।