शिव पन्थी, प्युठान ।
ओली सरकारको असंवैधानिक कदमको विरुद्ध ‘टोल टोलमा समिति र वार्ड वार्डमा सभा’ भन्ने कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चाले स्वर्गद्वारी–५ सारिको भुबनोटमा विरोध सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाकार वीरबहादुर पुनले प्रधानमन्त्री केपी ओलीले विदेशीहरुको इसारामा संसद विघटन गरेर नेपाली जनतालाई धोका दिएको बताउनु भयो ।
राजमो जिल्ला सदस्य तथा वार्ड नं६ का वार्ड अध्यक्ष गिरबहादुर गुरुङ्गले देशमा अराजक्ता र अस्थिरता मच्चाउनेहरूले देशको विकास होइन विनास हुने बताउनु भयो । उहाँले नगर पालिका भित्र कर्मचारीहरुले स्वतन्त्र भएर काम गर्न पाउने अवस्था नभएको भन्दै त्यसले गर्दा सर्वसाधारण जनताले सास्ती भोग्नु परेको बताउनु भयो ।
त्यस्तै, अखिल नेपाल युवक संघ प्यूठान जिल्ला सदस्य कुवेर भण्डारी, जनजाति सम्मेलन प्यूठान जिल्ला सदस्य केशव घर्तीमगर, राजमो नगर सदस्य ओबिराम जिएम, राजमो वार्ड नं ८ का इन्चाज शिव पन्थी, महिला विभागको तर्फबाट लक्ष्मी पन्थीले सम्बोधन गर्नुभएको थियो ।
माडीलबहादुर खड़काको अध्यक्षता, गंगाराम बिसीको सञ्चालनबाट अघी बढेको कार्यक्रममा बालाराम घर्ती मगरले स्वागत गर्नुभएको थियो ।