स्थानीय तहमा काँग्रेसको विरोध सभा

प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेपाली काँग्रेसले शनिबार देशका ७५३ वटै स्थानीय तहमा प्रदर्शन र विरोध सभा गरेको छ । प्रधानमन्त्रीले पुस ५ गते गर्नुभएको प्रतिनिधि सभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ भएको आरोप लगाउँदै काँग्रेसले विरोध सभा आयोजना गरेको हो ।