प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले बुधबार स्वर्गद्वारीको खालमा विरोध सभा सम्पन्न गरेको छ । सरकारको, असंवैधानिक कदमकोविरुद्ध ‘टोल टोलमा समिति र वार्ड वार्डमा सभा’ भन्ने नारासहित जुलुश प्रदर्शन तथा सभाको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाकार वीबहादुर पुनले केपी ओलीको सरकारले सुखी नेपाली संमृद्व नेपाल भन्ने नारा दिएर सरकारमा गएपनि जनताको अभिमतको कदर नगरेर विदेशीको इशारामा संसद विघटन गरी जनतालाई धोका दिएको बताउनुभयो ।
यस्तै, राजमो जिल्ला सदस्य तथा वार्ड नं २ का अध्यक्ष मिनराज रानाले यो वास्तविक रुपमा जनताको सरकार भएको भए जनतालाई स्वास्थ्य, शिक्षाको व्यवस्था गर्ने थियो भन्दै यो जनताको सरकार होइन भन्ने कुरा सरकारकै व्यवहारले देखाएको बताउनुभयो ।
कार्यक्रमलाई राजमो जिल्ला सदस्य तथा वार्ड नं ६ का अध्यक्ष गिरबहादुर गुरुङ, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार ओबीराम जिएम ,अखिल नेपाल महिला संघ जिल्ला सदस्य सुमि गुरुङ्ग, कार्यपालिका सदस्य खुमा अधिकारी, नगर सचिव गंगाराम बिसी, अखिल (छैठौं) का लक्ष्मण पुन, राजमो वार्डनं ६ का अध्यक्ष सालिकराम पार्धे, राजमो वार्ड नं ८ का इन्चार्ज शिव पन्थी, मूल प्रवाहका लक्ष्मी पन्थी लगायत नेताहरुले सम्बोधन गर्नु भएको थियो।
धनबहादुर पुनको अध्यक्षता तथा रोमप्रसाद पोखरेलको संचालनबाट अघि बढेको कार्यक्रममा देबा पोखरेलले स्वागत गर्नु भएको थियो भने रक्तिम परिवारका कलाकारहरुले रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।