मोरङ । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले विराटनगरमा शुक्रबार वृहत विरोध सभा गरी प्रधानमन्त्रीको उक्त कदम सच्याउन दवाव दिएको छ । विराटनगरको जनआन्दोलन चोकमा आयोजित विरोध सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य योगश भट्टराईलगायतले सम्बोधन गर्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै सच्याउन माग गरेका थिए ।